Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

टिईसी नेप्लिज सोसाईटी मेरिल्यान्ड जनरल एसेम्लिद्वारा सम्मानित

टिईसी नेप्लिज सोसाईटी मेरिल्यान्ड जनरल एसेम्लिद्वारा सम्मानित

सतीश चापागाईं

१४, जेठ २०७६
images
  तस्बिरहरु: पशुपति बश्याल/नेप्लिज डायस्पोरा टिईसी नेप्लिज सोसाईटी अमेरिकामा सम्मानित भएको छ । मेरिल्याण्ड हाउस डेलिगेट ह्यारी भण्डारीको कार्यालयले अमेरिकाका बिभिन्न ब्यक्ति र संघसंस्थालाई सम्मान गरेको हो । मेरिल्यान्डको राजधानी एनापोलिसस्थित मेरिल्याण्ड हाउसको सभा कक्षमा एक बृहत कार्यक्रम सहित उक्त सम्मान गरिएको हो । समाजमा आफ्नो क्षेत्रबाट उल्लेखनीय योगदान पुर्याएको भन्दै उक्त सम्मान गरिएको हो । कार्यक्रममा टिईसी नेप्लिज सोसाईटी लगायत डाक्टर एलिना शाक्य, डाक्टर उत्तम गौली, डा. कृष्ण सिजापती, डा. अनुप श्रीवास्तब, डा. कृष्ण बिष्ट, रमेश भट्ट 'नेपाली छोरो', सतिश चापागाईं , प्रेम श्रेष्ठ, गोपाल बिश्वकर्मा, डिल्ली ढुंगाना, लक्ष्मीकान्त जैसी गौडेल, दीपक खतिवडा, बिनोद मोक्तान, अनिल पाण्डे, तिर्थराज पाण्डे, महेश्वर पन्त, सारंगा श्रेष्ठ, रेणु शर्मा, बिश्वराज थापा, भक्त थापा, अनु वन्त, रुद्र गुरुङ, इन्द्र थापा, कुमार कार्की(एभरेष्ट तेक्वान्दो), माउन्ट एभरेष्ट रेष्टुरेन्ट, मुरली अधिकारी, बासुदेव खनाल, अर्जुन मैनाली, कुल गुरुङ, रुद्र गुरुङ, हिमालय डेमोक्रेटिक क्लब, साईकियाट्रिक स्पेशियालिटी क्लिनिकलाई सम्मान गरिएको थियो । मेरिल्याण्ड जनरल एसेम्बलीको तर्फबाट सिनेटर क्याथी क्लाउजमायर, स्टेट डेलिगेट ह्यारी भण्डारीका तर्फबाट सम्मान पत्र वितरण गरिएको थियो । उपस्थित सयौं नेपालीलाई मेरिल्यान्डको हाउस अफ डेलिगेट र सिनेटको कार्य कक्ष अबलोकन गराईएको थियो । यो त्यही भवन र त्यही च्याम्बर हो जहाँ अमेरिकाका फाउन्डर फादरहरु जर्ज वाशिंगटन र थोमस जेफर्सनले काम गरेका थिए । अमेरिकाको नेपाली समुदायमा बिभिन्न क्षेत्रमा बिशिष्ठ योगदान गरेका नेपाली व्यक्तित्व र संघसंस्थालाई सम्मान गरिएको नेप्लिज अमेरिकन्स एलायन्स फर एक्सनका उपाध्यक्षले अर्जुन हमालले जानकारी दिनुभयो । यस गरिमामय सम्मानका लागी टिईसी नेप्लिज सोसाईटीलाई नेप्लिज डायस्पोरा टीम हार्दिक बधाई ज्ञापन गर्दछ । टिईसी नेप्लिज सोसाईटी मेरिल्यान्डको छोटो परिचय: Windsor Mill, Baltimore County Tuscany wood Apartment मा नेपालीहरूको बसोबास धेरै अगाडि देखि नै शुरू भए पनि 2005 मा ५/6 परिबार मात्र थियो । नेपालीहरू अमेरिका आउने क्रम र समय संगसंगै बिस्तारै बढ्न थाल्यो । तरकाली पसल, महल र बसपार्क नजिकै भएकाले पनि यो ठाऊ सबैको रोजाईमा पर्यो । नेपाल बाट आउदै गर्दा कसै संग कार हुने कुरो भएन । यातायात र काम नै प्रमुख प्राथमिकतामा पर्दछ । चारैतिर बस पुग्ने सुबिधा र हिन्दि बोल्न जाने कै भरमा इन्डियनहरूको स्टोरमा काम पाइने समेत भएकाले बिस्तारै जन संख्या बढ्दै गयो ! डि भि र बिध्यार्थि भिषा बाट आउनेहरू आफ्ना र आफ्नो जिल्ला बासीहरू लाउने क्रम बढ्दै गयो ।यहा प्राय चितवन, रूपन्देहि, पाल्पा, गुल्मी र अर्घाखाची जिल्लाका मानिसहरको बसाई निकै बाक्लो नै छ । शुरू शुरूमा ५/७ घर हुदा घर घरमा आलोपालो चाडबाड मनाउदै गए पनि पछि लिभिड रूमको क्षमताले थेग्न छाड्यो । पहिला तिज र नेपाली नया बर्ष मात्र मनाउने गरिथ्यो ! यसको थालनी गर्ने श्रेय समाजसेवी पुराना बासिन्दा नवराज/शान्ता गौतम जान्छ। ४/५ बर्ष नै यसरी नै चल्यो ! बिस्तारै जनघनत्व अझै बढ्दै गए पछि ब्यक्तिले भन्दा संस्था वा समुह द्दारा कार्यक्रम गर्दा वढि प्रभाबकारी हुने भएकाले 2014 मा TEC समुहको स्थापना गरियो ! TEC को T लेटर Tuscany wood Apartment को नाम बाटै राखियो ! E - Ellicot city, C- Catonsvile/Columbia अर्थात Baltimore County र Howard County १०/१२ माइल वरपर बस्ने मानिसहरू को समुह हुन पुग्यो ! हुन त बाल्टिमोरको पुरानो संस्था बाना थियो , छ र कार्यक्रमहरू पनि हुने गर्छ। शुरूमा सबै संग कार नहुनाले कार्यक्रममा सहभागी हुन शंभव थिएन । त्यसैले पनि स्थानिय समुहको आबस्यकता खड्कियो । पद, पैसा र प्रतिष्ठा भन्दा माथि उठेर समुह स्थापना गर्ने काम यो लेखक कै पहलमा भयो भन्दा अक्त्युक्ति नहोला । शुरूमा बर्षमा गरिने हरेक कार्यक्रममा छुट्टाछुटै संयोजक बनाएर बर्षमा ४/५ वटा कार्यक्रम गरियो ! समुहमा कुनै अध्यक्ष्य वा कमिटी बनाइएको थिएन । एक संयोजकले कार्यक्रम सके पछि हिसाब किताब सहित अर्को संयोजक लाई बुझाउने गरिन्थ्यो ! सबै भन्दा महत्बपूर्ण पक्ष कुनै पनि कार्यक्रमको अन्त्यमा उक्त दिनको हिसाब किताब अनिबार्य सार्बजनिक गर्नु पर्थ्यो ! त्यसैले यो समुह आर्थिक पारदर्शितामा अब्बल मानिन्छ ! पछि तिन जनाको समुह बनाएर कार्यक्रम गर्ने गरियो ! जनसंख्या अबिबृद्दि पढ्दै उक्त एपार्टमेन्ट मै बस्ने नेपालीहरू को संख्या करिब ५००/६०० नै पुग्यो ! बिस्तारै पुराना मानिसहरू वरपर घरहरू किन्न थालि सके पछि स्थायी बसोबासको संख्या नै करिब २००/२५० पुग्यो ! समयको माग संगै केहि नया युवाहरूले जोश जागर बाट यसै बर्ष देखि कमिटी गठन गरिएको छ । जसको अध्यक्ष्य नारायण कंडेल हुनुहुन्छ ! यसले बर्षको करिव ६/७ वटा कार्यक्रमहरू बिभिन्न संयोजक तोकेर क्यालेन्डर बनाई गर्ने गर्छ । जसमा दशै/ तिहार शुभकामना आदान प्रदान , तिज, नेपाली नया बर्ष,समर/ स्प्रिड पिकनिक तथा भेटघाट , नेपाली भाषा कक्षा/ नृत्य, खेलकुद , मनोरंजनात्मक सांस्कृतिक कार्यक्रम पर्ने गर्छ ! हाल बाल बच्चाको लागि भाषा कक्षा संचालन गर्दै आएको छ । जसमा करिब ३०-३५ जना बिध्यार्थिहरू छन । समुदायमा नेपाली पाराले सामान्य हुने खासखुश र ठाशठुश बाहेक परि आउदा सबै एक हुने गर्दछन । नेपाली राजनिती घर र मन भित्र भए पनि समुहमा पटक्कै घुसेको छैन । प्रमुख महत्बपूर्ण कुरा परि आउदा स्थानिय समुदायलाई साथ सहयोग हुने गरेको छ र भविष्यमा गो फन्ड वा अन्य संघ सस्था लाई गुहार्नु वा पछाडि दौड्नु पर्ने छैन भन्ने समुदायबासी हरू ढुक्क छन । अमेरिकन मुल प्रबाहमा लागेका मेरिल्यान्डका डेलिगेट एच बि भन्डारी लाई गत र यस चुनाब दुबै पटक समुहले आर्थिक , घर दैलो, सामाजिक र नैतिक रूपले सक्दो सहयोग गरेको थियो ! यसैको होला निस्वार्थ भावनाले गरेको सहयोगको फलस्वरूप होला आज बाल्टिमोरमा गनिएका सबै संघ संस्था लाई उछिनेर हाम्रो सानो संस्था/समुह सम्मान हुने छनौटमा पर्यो । भन्डारी ज्यू लाई सोसाइटीको तर्फ बाट मुरिमुरि धन्यबाद र अमेरिकन राजनैतिक यात्रा अझै अगाडि बढोस ! शुभकामना !  

images
प्रकाशित मिति :जेठ १४, २०७६ मंगलवार - १२:५४:५५ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend