तस्बिरहरु: पशुपति बश्याल/नेप्लिज डायस्पोरा
नासोका अध्यक्ष गोपाल बिश्वकर्मा अमेरिकामा सम्मानित अमेरिकामा सम्मानित हुनुभएको छ । मेरिल्याण्ड हाउस डेलिगेट ह्यारी भण्डारीको कार्यालयले अमेरिकाका बिभिन्न ब्यक्ति र संघसंस्थालाई सम्मान गरेको हो ।
मेरिल्यान्डको राजधानी एनापोलिसस्थित मेरिल्याण्ड हाउसको सभा कक्षमा एक बृहत कार्यक्रम सहित उक्त सम्मान गरिएको हो । समाजमा आफ्नो क्षेत्रबाट उल्लेखनीय योगदान पुर्याएको भन्दै उक्त सम्मान गरिएको हो ।
गोपाल बिश्वकर्मा अमेरिकामा सक्रिय सामाजिक संस्था नासोको अध्यक्ष हुनुहुन्छ । उहाँ बाल्टिमोरका बिभिन्न सामाजिक संस्थामा आवद्ध हुनुहुन्छ । उहाँ जनसम्पर्क समिति अमेरिकाको केन्द्रिय सदस्य पनि हुनुहुन्छ । बिश्वकर्माले मेरिल्याण्डमा आधा दर्जन ब्यबसायमा प्रत्यक्ष अप्रत्यक्ष संग्लन हुनुहुन्छ ।
कार्यक्रममा नासोका अध्यक्ष गोपाल बिश्वकर्मा अमेरिकामा सम्मानित लगायत डाक्टर एलिना शाक्य, डाक्टर उत्तम गौली, डाक्टर कृष्ण सिजापती, डाक्टर अनुप श्रीवास्तब, डा कृष्ण बिष्ट, रमेश भट्ट 'नेपाली छोरो', सतिश चापागाईं , प्रेम श्रेष्ठ, डिल्ली ढुंगाना, लक्ष्मीकान्त जैसी गौडेल, दीपक खतिवडा, बिनोद मोक्तान, अनिल पाण्डे, तिर्थराज पाण्डे, महेश्वर पन्त, सारंगा श्रेष्ठ, रेणु शर्मा, बिश्वराज थापा, भक्त थापा, अनु वन्त, रुद्र गुरुङ, इन्द्र थापा, कुमार कार्की(एभरेष्ट तेक्वान्दो), माउन्ट एभरेष्ट रेष्टुरेन्ट, मुरली अधिकारी, बासुदेव खनाल, अर्जुन मैनाली, कुल गुरुङ, रुद्र गुरुङ, हिमालय डेमोक्रेटिक क्लब, साईकियाट्रिक स्पेशियालिटी क्लिनिकलाई सम्मान गरिएको थियो ।
मेरिल्याण्ड जनरल एसेम्बलीको तर्फबाट सिनेटर क्याथी क्लाउजमायर, स्टेट डेलिगेट ह्यारी भण्डारीका तर्फबाट सम्मान पत्र वितरण गरिएको थियो ।
उपस्थित सयौं नेपालीलाई मेरिल्यान्डको हाउस अफ डेलिगेट र सिनेटको कार्य कक्ष अबलोकन गराईएको थियो । यो त्यही भवन र त्यही च्याम्बर हो जहाँ अमेरिकाका फाउन्डर फादरहरु जर्ज वाशिंगटन र थोमस जेफर्सनले काम गरेका थिए ।
अमेरिकाको नेपाली समुदायमा बिभिन्न क्षेत्रमा बिशिष्ठ योगदान गरेका नेपाली व्यक्तित्व र संघसंस्थालाई सम्मान गरिएको नेप्लिज अमेरिकन्स एलायन्स फर एक्सनका उपाध्यक्षले अर्जुन हमालले जानकारी दिनुभयो ।
यस गरिमामय सम्मानका लागी गोपाल बिश्वकर्मालाई नेप्लिज डायस्पोरा टीम हार्दिक बधाई ज्ञापन गर्दछ ।