Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

नाओका अध्यक्ष डा एलिना शाक्य अमेरिकामा सम्मानित

नाओका अध्यक्ष डा एलिना शाक्य अमेरिकामा सम्मानित

सतीश चापागाईं

१४, जेठ २०७६
images
  अमेरिकाको ओहायोमा सक्रिय समाजसेवी डा एलिना शाक्य अमेरिकामा सम्मानित हुनुभएको छ । मेरिल्याण्ड हाउस डेलिगेट ह्यारी भण्डारीको कार्यालयले अमेरिकाका बिभिन्न ब्यक्ति र संघसंस्थालाई सम्मान गरेको हो । मेरिल्यान्डको राजधानी एनापोलिसस्थित मेरिल्याण्ड हाउसको सभा कक्षमा एक बृहत कार्यक्रम सहित उक्त सम्मान गरिएको हो । समाजमा आफ्नो क्षेत्रबाट उल्लेखनीय योगदान पुर्याएको भन्दै उक्त सम्मान गरिएको हो । शाक्य पेशाले चिकित्सक हुनुहुन्छ । उहाँ नेपाली अमेरिकन अर्गनाइजेशन अफ ओहायो ( Nepali American Organization of Ohio NAOO (नाओ)को अध्यक्ष हुनुहुन्छ । यो संस्था नर्थ इस्ट ओहायोको एक मात्र सरकारी पहिचान भएको गैर नाफा मुलक नेपाली संगठन हो । नाऒको स्थापना बीस वर्ष अगाडी सन् १९९९ मा तत्कालीन युवा समुहको सक्रियतामा गठन भएको थियो । कार्यक्रममा डाक्टर एलिना शाक्य लगायत डाक्टर उत्तम गौली, डाक्टर कृष्ण सिजापती, डाक्टर अनुप श्रीवास्तब, डा कृष्ण बिष्ट, रमेश भट्ट 'नेपाली छोरो', सतिश चापागाईं, प्रेम श्रेष्ठ, डिल्ली ढुंगाना, लक्ष्मीकान्त जैसी गौडेल, दीपक खतिवडा, बिनोद मोक्तान, अनिल पाण्डे, तिर्थराज पाण्डे, महेश्वर पन्त, सारंगा श्रेष्ठ, रेणु शर्मा, बिश्वराज थापा, भक्त थापा, अनु वन्त, रुद्र गुरुङ, इन्द्र थापा, कुमार कार्की(एभरेष्ट तेक्वान्दो), माउन्ट एभरेष्ट रेष्टुरेन्ट, मुरली अधिकारी, बासुदेव खनाल, अर्जुन मैनाली, कुल गुरुङ, रुद्र गुरुङ, हिमालय डेमोक्रेटिक क्लब, साईकियाट्रिक स्पेशियालिटी क्लिनिकलाई सम्मान गरिएको थियो । मेरील्याण्ड राज्यका सांसद र सिनेटरहरुको समुह एएपीआईका महसचिव एबम सामुदायिक समन्वय समिति सभापति ह्यारी भण्डारीको समन्वयमा मेरिल्याण्ड जनरल एसेम्बलीको तर्फबाट उक्त सम्मान पत्र वितरण गरिएको थियो । उपस्थित सयौं नेपालीलाई मेरिल्यान्डको हाउस अफ डेलिगेट र सिनेटको कार्य कक्ष अबलोकन गराईएको थियो । यो त्यही भवन र त्यही च्याम्बर हो जहाँ अमेरिकाका फाउन्डर फादरहरु जर्ज वाशिंगटन र थोमस जेफर्सनले अमेरिकाको सपना बुनेका थिए । यो भवनमा सन् १७७२ देखी हालसम्म निरन्तर संसद चलिरहेको छ । यो नै अमेरिकाको सबैभन्दा पुरानो स्टेट संसद हो । अमेरिकाको नेपाली समुदायमा बिभिन्न क्षेत्रमा बिशिष्ठ योगदान गरेका नेपाली व्यक्तित्व र संघसंस्थालाई सम्मान गरिएको नेप्लिज अमेरिकन्स एलायन्स फर एक्सनका उपाध्यक्षले अर्जुन हमालले जानकारी दिनुभयो । यस गरिमामय सम्मानका लागी डा एलिना शाक्यलाई नेप्लिज डायस्पोरा टीम हार्दिक बधाई ज्ञापन गर्दछ ।  

images
प्रकाशित मिति :जेठ १४, २०७६ मंगलवार - १७:३५:२२ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend