Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

नेपालमा बालिका अपहरण बढेको भन्दै अमेरिकाबाट खबरदारी

नेपालमा बालिका अपहरण बढेको भन्दै अमेरिकाबाट खबरदारी

सतीश चापागाईं

१५, जेठ २०७६
images
टेक्सास, नेपालमा पछिल्लो समय बालिकाहरु बेपत्ता हुने क्रम बढेको भन्दै अमेरिकाबाट नेपालीहरुले सरकारको ध्यान आकर्षण गराएका छन् । हालै मात्र अमेरिकाको भ्रमणमा रहेका मन्त्री बर्षमान पुन र नेपालकै पहिलो महिला सभामुख ओनसरी घर्तिलाई न्यूयोर्कमा एक ज्ञापन पत्र दिएर सामाजिक अगुवाहरुले सरकारको ध्यानआकर्षण गरेका हुन् । टेक्सासका ब्यवसायी तथा समाजसेवी भक्त भण्डारीले देशमा पछिल्लो समय धेरै बालिका बेपत्ताको समाचार देखीन थालेको तर पनि सरकारले यस तर्फ गम्भिर ध्यान दिन नसकेको भन्दै उर्जा मन्त्री पुन र पुर्व सभामुख घर्तिलाई संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका हुन् । नेपालमा सानो उमेरका बालिकाहरु घरबाट वा वाटोबाट बेपत्ता हुने तर यस्ता समाचारहरु राष्ट्रिय स्तरका मिडियामा स्थान नपाउने अनि सरकारले पनि उचित कदम चाल्न नसकेकोे जस्तो आफुलाई लागेकोले प्रदेशबाट सरकारको ध्यानआकर्षण गराएको समाजसेवी भण्डारीले बताए । भण्डारीले बुझाएको ज्ञापन पत्रमा सरकारले प्रहरी प्रशासन तथा यस संग सरोकार राख्ने निकायहरुलाई बिषेश निगारानी गर्न लगाउनु पर्ने, सिमा क्षेत्रमा बालिका पार गर्दा बिषेश कागजपत्रको खोजि गर्दै कडाई गरिनुपर्ने जस्ता सुझावहरु समेटिएका छन् । टेक्सासको नेपालीहरुको ठुलो संस्था नेपाली समाज टेक्सासका महासचिव समेत रहेका भण्डारीको ज्ञापन पत्र बुझेपछि मन्त्री पुनले आफु यस बिषयमा गम्भिर भएको र यस तर्फ उचित कदम चाल्न पहल गर्ने आश्वसन दिएका थिए । नेपालकै पहिलो महिला सभामुख समेत रहेकी पुर्वसभामुख ओनसरी घर्तिले पनि बिदेशमा रहेर पनि स्वदेशको यस्तो महत्वपुर्ण बिषय उठान गरेकोमा भण्डारीको टोलिलाई धन्यबाद दिंदै उचित कदम चाल्ने बिश्वास दिलाएकी थिईन् । ज्ञापन पत्र बुझाउने क्रममा अमेरिकाको लागि नेपाली रादजुत अर्जुन कार्की, राष्ट्रसंघका लागि स्थायी प्रतिनिधी अमृत राई, एनआरएन आईसिसी पुर्व अध्यक्ष शेष घले, युएनएका संस्थापक अध्यक्ष पासागं लामा लगायतका बिशिष्ट ब्यक्तीहरुको उपस्थिती रहेको थियो ।  

images
प्रकाशित मिति :जेठ १५, २०७६ बुधवार - २१:५९:५५ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend