Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

अमेरिकामा रहेका बिजयको शब्दमा बिष्णु माझीको स्वर (भिडियो सहित)

अमेरिकामा रहेका बिजयको शब्दमा बिष्णु माझीको स्वर (भिडियो सहित)

सतीश चापागाईं

२०, जेठ २०७६
images
  अस्टिन (टेक्सास) - युवा सर्जक बिजय चन्द ‘दर्पन’ को मार्मिक लोक दोहोरी गीत सुतली सार्वजनिक भएको छ । अमेरिका टेक्सासको अस्टिनमा बस्दै आएका चन्दको मर्मस्पर्सी शब्दमा चर्चित गायिका बिष्णु माझी र राजेश खड्का ‘सानु’ ले स्वर दिएका छन । गायक खड्काकै लयमा बनेको गीतको भिडियो निर्देशन कपिल लामाले गरेका हुन । चर्चित मोडल सगुन शाही र बाबु कृष्ण परियारले अभिनय गरेको गीतको छायांकन सुरेश श्रेष्ठ र महेश महराले गरेका हुन । अहिलेका लोकप्रिय सर्जक तथा गायक बशन्त थापाको युटुब च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको गीतलाई अत्यधिक रुचाइएको छ । परदेशीको पिडा समेटिएको गीत सार्वजनिक गरिएको केही घण्टामै लाख बढी पटक हेरिएको छ । दिन प्रतिदिन गीत चर्चित बन्दै गएपछी हौसला र जिम्मेवारी थपिदै गएको महसुस भएको गीतकार बिजय चन्द दर्पनले बताउनुभयो । भिडियो हेर्नुहोस : https://youtu.be/cuFzMAdxcec

images
प्रकाशित मिति :जेठ २०, २०७६ सोमवार - १८:३३:५६ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend