Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

अमेरिकामा नेल सलोनमा काम गर्दै हुनुहुन्छ भने साबधान ! पढ्नुहोस यो लेख -सानुबबु सिलवाल​

अमेरिकामा नेल सलोनमा काम गर्दै हुनुहुन्छ भने साबधान ! पढ्नुहोस यो लेख -सानुबबु सिलवाल​

सतीश चापागाईं

३, आषाढ २०७६
images
अमेरिकाको नर्थ सियाटलमा बसिरहेकि नेल सलोनकि मालिक्नि(साहुनि) साराको चार चार वटा बच्चा खेर (मिसक्यारेज ) ग​एपछि उनिलाइ हेक्का भयो कि नेल सलोनमा प्रयोग गरिने बिभिन्न रसायनिक​(केमिकल​) पदार्थहरु शरिर र जनस्वास्थ्यका लागि अत्यन्त हानिकारक र खतरा हुने रहेछ​। त्यसैगरि अर्कि नेल सलोनमै कार्यरत ओटाभालो नाम गरेकि महिलाको पनि गत स्प्रिङ्ग सिजनमा तेश्रो पटक बच्चा खेर गयो। यति मात्रै होइन लामै समय नेल सलोनमा काम गर्दै आइरहेकि मनिकाको तिन बर्षे छोरा शारिरिक एबम मानसिक रुपमा स्वस्थ छैन​। यसको मतलब पछिल्ला बर्षहरुमा नेल सलोनमा काम गर्ने महिला एबम पुरुषहरुको स्वास्थ्यमा नेल सलोनको रसायनिक तत्वहरुको प्रयोगबाट प्रत्यक्ष एबम अप्रत्यक्ष रुपमा परिरहेको असरको चर्चा, चासो ह्वात्तै बढिरहेको छ। पब्लिक तह देखि सरकारि फेडरल एबम राज्य सरकार र गैरसरकारि सघ सस्थाहरु पनि नेल सलोनमा कार्यरत कामदारहरुको स्वास्थ्य प्रति चासो, चिन्ता सङ्गसङ्गै कानुनि हिसाबले कडाइ एबम जनचेतनाका लागि थप क्रियाशिल बन्दै गैरहेका छन​। बोस्टनको सेफ्टी र हेल्थ म्यागेजिनका अनुसार नेल सलोनमा कार्यरत कामदारहरु मध्ये ४४%मा टाउको दुख्ने, २८% मा कामप्रति बिकर्षण र केन्द्रित हुनै नसक्ने प्रभाव देखियो। नेल सलोनमा प्रयोगमा ल्याइने ४ किसिमका रसायनिक तत्वहरु मुख्यरुपमा अत्यन्त हानिकारक हुने गर्दछ​। यि रसायनिक तत्वहरु मन्द बिष हुन भन्दा भयो। यसका कारणले स्वास्थ्यमा कुनै ढिला त कुनै तत्कालै बिभिन्न असरहरु देखा पर्ने हुन्छ​। मुलत नेपालबाट अमेरिका आएका अधिकाश महिलाहरु चाहे न्युयोर्क होस​, चाहे क्यालिफोर्निया होस​, चाहे टेक्सास वा अन्य राज्यहरुमा होस अधिकाश महिलाहरु नेल सलोनमा कार्यरत छन​। नेपालबाट केहि सिकेर आउने वा यतै आइ आफ्ना साथि सर्कल वा आफन्त मार्फत वा कुनै अन्य मार्फत अधिकाश महिलाहरुको कामको पहुच भनेकै नेल सलोन हो अमेरिकामा। भाषागत पुर्णता पनि आबश्यक परेन​, अत्यन्त तालिम एबम हार्डवर्किङ्ग पनि आबश्यक परेन नेल स्पा सलोनमा काम गर्न​। आखि भौ, कान, काखुति, जुङ्गा, भजिना सरसफाइ देखि फेसियल सम्म​, आखाको परेला थप्ने देखि मालिस सम्म हुने गर्दछ यस्ता नेल स्पा सलोनहरुमा। मिनिमम तलब भन्दा टिप्स नै जम्मा हुने गर्दछ यस्ता सलोनहरुमा कार्यरत महिला एबम पुरुषहरुको। यहि टिप्सको खुशि र कमाइमा सलोनमा प्रयोग हुने रसायनिक केमिकल तत्वहरुको असर र जोखिम प्रति धेरैको चासो देखिदैन​। मैले टिप्सबाट यति कमाए, मैले टिप्स यति घर लगे, फलानाले यति टिप्स दियो भन्दाभन्दै जनस्वास्थ्य र शरिरमा भैरहेको असर भुल्ने र बेवास्ता गर्नेहरु मनग्गे छन​। केहि बर्ष यस्ता नेलमा काम गरिसकेपछि टोलै पिच्छे नेल सलोन खुल्दै गैरहेका छन नेपालिका अमेरिकामा। पन्जा, मास्क एबम अन्य साबधानिका लागि कानुनि हिसाबले कडाइ गर्दै लगेपनि यस्ता केमिकलहरुको असरबाट बच्न सकिन्छ भन्ने होइन। के के हुन त ४ किसिमका खतराजन्य हानिकारक रसायनिक केमिकल र यसबाट हुने असरहरुः- १) टोलुन​ Toluene क) छाला सुख्खा हुने र फाट्ने। ख​) आखा, नाक र घाटी पोल्ने, इरिटेड बनाउने र चिलाउने। ग​) टाउको दुख्ने र तिर्मिराउने। घ​) गर्भपतन हुनसक्ने, महिलाको गर्भाधानमा असर पुर्याउने र बच्चा खेर जान सक्ने। ङ्ग​) ब्रेनमा असर गर्ने जसबाट सोच्न​, सम्झिन पहिचान गर्ने सक्ने क्षमतामा ह्रास हुने। २) फर्मलडिहाइड Formaldehyde क​) आखामा पानि आइरहने र आखा पोल्ने। ख​) स्वाशप्रश्वासमा गम्भिर असर​, आज्मा, खोकि र श्वास फेर्दा आबाज आउने। ग​) क्यान्सर​ घ​) एलर्जि हुने र छालमा धब्बा शुरु हुने। ३) डिबुटिल प्याथालेट डिबिपि Dibutyl Phthalate पुरुषहरुको रिप्रडक्टिभ बर्थमा असर ४) मेथाइल मेथाक्रिलेट एम​एम​ए Methyl Methacrylate क​) आखा रातो हुने र चिलाउने, छाला सुन्निने। ख​) घाटी चिलाउने, नाक चिलाउने, सिङ्गान आइरहने र खोकि लाग्ने। ग​) टाउको दुख्ने, घुमाउने, तिर्मिराउने। घ​) ध्यान केन्द्रित नहुने र बिकर्षण बढ्ने। ङ्ग​) मासु कमजोर हुने र प्यासिभ नम्बनेस बन्दै जाने। त्यसैले नेल सलोनमा काम गर्दा सेफ्टि मेजर अपनाउने र यस्ता रसायनिक तत्वहरुको प्रयोग गर्दा साबधानि अपनाउनु उत्तम हुनेछ​। यस्ता गम्भिर रसायनिक तत्वबाट शरिर एबम जनस्वास्थ्यमा पर्ने जाने खतराजन्य असर डलरको कमाइ वा टिप्सले भरताल गर्दैन​। त्यसैले सकेसम्म नेल सलोनमा काम गर्दै नगर्ने गरे पनि अत्यन्त सावधानि अपनाउनु होला।

images
प्रकाशित मिति :आषाढ ३, २०७६ मंगलवार - १५:०९:३७ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend