Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

अमेरिकामा एनआरएनहरुको पुंजी संकलन हुदै, नेपालमा लगानी हुदै

अमेरिकामा एनआरएनहरुको पुंजी संकलन हुदै, नेपालमा लगानी हुदै

सतीश चापागाईं

३, आषाढ २०७६
images
डायस्पोरामा रहेका नेपालीको पुँजीलाई एकत्रित गरेर नेपालमा लाग्नु गर्ने उद्देश्यले अमेरिकामा नेपाली डायस्पोरा इन्भेष्टमेन्ट फण्डको स्थापना गरिएको छ । यो संस्थाले शुरुमा संसारभरबाट प्रवासी नेपालीहरुसंग पुंजी संकलन गरेर नेपालका बिभिन्न ब्यबसायिक क्षेत्रमा लगानी गर्ने सोंच बनाएको संस्थाका सदस्य कृष्ण सादगीले बताउनु भयो । अमेरिकाको कानुन अनुसार संस्थाको दर्ता प्रक्रिया सकिएको र नेपालमा पनि कानुनि प्रक्रिया सकिएको फण्डका सिईओ तथा अध्यक्ष देशराज संयोकले जानकारी दिनुभयो । संस्थाले साना र ठुला गरेर दुई प्रकारका शेयर लगानीकर्ताबाट रकम संकलनको प्रक्रिया अगाडी बढाएको छ ।अहिलेलाई नेपालमा बिभिन्न चार क्षेत्रमा लगानी गर्ने सोच सहित अगाडी बढेको र तिन वटा ब्यबसायिक संस्थासंग कामको प्रक्रिया अगाडी बढिसकेको पनि फण्डका सिईओ संयोकले बताउनु भयो । अमेरिकाको मेरिल्याण्डमा एक कार्यक्रममा संस्थाका संस्थापकहरुले संस्थाको आवश्यकता, चुनौती र सम्भावनाका बारेमा बोल्दै सहभागीहरुका प्रश्नको जवाफ दिनु भएको थियो । अहिले नेपालको कृषि, अन्लाईन ब्यबसाय र हाइड्रो गरी तिन वटा प्रोजेक्टसंग सम्झौता गरिसकिएको पनि बुझिएकोछ । कार्यक्रममा फण्डका संस्थापक सदस्यहरु सुरेश अधिकारी, रमेश खनाल र शिवहरी दाहालसमेतले नेपालमा लगानी गर्दाका फाईदा र संस्थाले लिएका उद्देश्यका बारेमा बोल्नु भएको थियो । नेपालमा एनआरएनहरुले लगानी गर्ने भनेर बर्षौंदेखि भनिदै आएपनि सामुहिक रुपमा केहि नगरेको सन्दर्भमा नेपाली डायस्पोरा इन्भेष्टमेन्ट फण्डको शुरुवातलाई सहभागीहरुले मुक्तकण्ठले प्रशंशा गरेका थिए । जन्मभुमीको हीत हुने र लगानी गरेर मुनाफा आर्जन गर्न सकिने यो अवसरलाई सकारात्मक रुपमा लिएको सहभागीहरुले नेप्लिज डायस्पोरालाई बताए ।  

images
प्रकाशित मिति :आषाढ ३, २०७६ मंगलवार - १५:४०:४७ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend