Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

हलो जोत्दै डाक्टर भट्टराई भन्नुहुन्छ-किसानको पीरमर्का बुझ्न खेतमा पसेको हुँ

हलो जोत्दै डाक्टर भट्टराई भन्नुहुन्छ-किसानको पीरमर्का बुझ्न खेतमा पसेको हुँ

सतीश चापागाईं

१५, आषाढ २०७६
images
  तस्बिर: डाक्टर भट्टराईकाे ट्विटरबाट किरण लोहनी गोरखा - पालुङटार नगरपालिका वडा नम्बर १, खोप्लाङको जोर्तीचौतारा । पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले बाल्यकालमा गाई बाख्रा चराउने फाँट । बाल्यकाल र किशोरावस्थामा गोठालो र अरु घरायसी काममा बा आमालाई सघाउने भट्टराईसँग धान रोपाइँमा सहभागी भएको, दिनभर बाउसे गरेको र साँझ पटुकामा खाजा थापेर खाँदै खाँदै घरतर्फ लागेको गहिरो अनुभव छैन । आक्कलझुक्कल रोपाइँमा खेताला बनेका भट्टराई बढ्दो उमेरमा भने आफूले खाइखेली गरेको पुख्र्यौली खलोमा खेताला बनेर पुग्नुभयाे । खेताला पनि बाउसे मात्रै होइन, हलो जोतेर माटो हिल्याउनुभयाे, अनि केहीबेर बाउसे पनि गर्नुभयाे । धान दिवसको छेको पारेर देशका धेरै ठाउँमा नेतादेखि अन्य सेलिब्रिटिहरुले यसैगरी रोपाइँ गरे । दिनभर खटेर खेतालाकै रुपमा रोपाइँमा सहभागी हुन समय, सिप र शारीरिक अवस्थालगायतका कारणले सम्भव हुने कुरो पनि भएन । तर टुप्लुक्क खेतमा पुगेका मन्त्री, सांसद, नेता र कलाकारले फोटो खिचेर सामाजिक सञ्जालमा राख्न भने भ्याए । धेरैजसोले यसलाई नौटंकीको भनिरहेका बेला पूर्वप्रधानमन्त्री भट्टराईले भने आफू नौटंकी गर्नकै लागि खेतमा नपुगेको दावी गर्नुभयाे । उज्यालोको बाँकि समाचार

images
प्रकाशित मिति :आषाढ १५, २०७६ आइतवार - ०७:१०:३६ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend