Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

पासपोर्टमा छोराले चित्र बनाइदिएपछि बावु दक्षिण कोरियामा अलपत्र

पासपोर्टमा छोराले चित्र बनाइदिएपछि बावु दक्षिण कोरियामा अलपत्र

सतीश चापागाईं

१५, आषाढ २०७६
images
  एउटा चार वर्षको बालकले आफ्नै बुबालाई अप्ठेरोमा पारेका छन् । ती बालकले बुबाको पासपाेर्टमा चित्र कोरेपछि समस्या निम्तिएको हो । ती चार वर्षे बालकको परिवार दक्षिण कोरिया भ्रमणमा व्यस्त थियो । भ्रमणमै रहँदा ती बालकले आफ्नो बुबाको चिनियाँ पासपाेर्टको पछिल्लो पानामा कालो कलमले केही चित्रहरु कोर्न भ्याएका थिए । ती बालकले बुबाको पासपाेर्टमा आफ्नाे चित्र कोर्ने क्षमता प्रस्तुत गरेका छन् । उनले पासपाेर्टमा मानिस, जनावर र बुबाको अनुहारमा केही रौँ पनि थप्न भ्याए । हेर्दा निकै रमाइलो देखिन्छ । अहिले चार वर्षे बालकको बुबा दक्षिण कोरियामा नै रोकिएका छन् । पासपोर्टमा चित्र कोरिएका कारण उनको कागजात प्रस्ट नदेखिँदा अधिकारीहरुले छोरालाई लिएर घर जान नसक्ने र भ्रमण टुङ्ग्याउन चेतावनी दिएका छन् । ती बालकका बुबाले सहयोग माग्दै सामाजिक सञ्जाल वीवो मा पासपोर्टमा कोरिएको चित्र सेयर गरेका छन् । पासपोर्टमा ती बुबाको नाम चेन मात्र देख्न सकिन्छ । उनले बाँकी छुट्टी चिनियाँ दूतावासमा बिताउन सक्ने बताइएको छ । साभार: उज्यालोडटकमबाट

images
प्रकाशित मिति :आषाढ १५, २०७६ आइतवार - ०८:२६:२४ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend