२५, आषाढ २०७६
एनआरएनए अमेरिकाको पहिलो बैठक संस्थाको दुई वर्षको कार्ययोजनामा छलफल, प्रतिनिधि छनौट समिति लगायतका महत्वपुर्ण विषयमा निर्णय गर्दै सम्पन्न भएको छ । सुनील कुमार साहको अध्यक्षतामा मिति ६/७/२०१९ मा बसेको थियो ।
गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरिकाको पहिलो बैठकपछि जारी प्रेस बिज्ञप्ति:
विज्ञप्ति
गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरिकाको पदभार संहालेको नयाँ कार्यसमितिले आफ्नो कार्य प्रारम्भ गरेको सहर्ष जानकारी गराउद छौ । एनआरएनए अमेरिकाका अध्यक्ष सुनिल कुमार साहको अध्यक्षतामा आइतबार नयाँ कार्यसमितिको पहिलो बैठक वस्यो । तात्कालिक आवश्यकता, दिर्घकालिन कार्ययोजना र सान्दर्भिक विषयवस्तुलाई समेटेर महासचिव पशुपति पाण्डेद्वारा राखिएका प्रस्तावहरु माथि बैठकमा छलफल भयो ।
कार्यसमितिका निर्वाचित पदाधिकारी र कार्यसमिति सदस्यहरुको उपस्थितिमा रिजनल कोर्डिनेटर गौरी जोशी, डिआरसी नविन शेरचन र आइसीसी सदस्यहरु समेतको सहभागितामा गरिएको बैठकले महत्वपुर्ण निर्णयहरु गरेको जानकारी गराउदछौं । बैठकको प्रारम्भमा नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यहरु वीचमा आपसमा परिचय साथै दूई वर्षको सहयात्रा र सहकार्यका लागि आत्मियता र आपसी सद्भाव जगाउदै संस्थाको हितमा अगाडि बढ्ने सामुहिक प्रतिवद्धता सहित सिकागोमा उपस्थित पदाधिकारी र सदस्यहरु आमनेसामने वसेर कार्यसमितिको बैठक शुभारम्भ भयो ।
महासचिवको दुई वर्षिय कार्ययोजनाको प्रारम्भिक प्ररारूप माथि विचार मन्थन गरियो । पदधिकारी र सदस्यहरुको थप राय सुझाव सहित आगामी बैठकमा पेश गर्ने सहमति गरियो ।
एनआरएनए आइसीसीको अक्टोवर महिनामा नेपालमा हुने अधिवेशनमा अमेरिकाबाट सहभागि हुने प्रतिनिधि चयन गर्न बैठकले प्रतिनिधि चयन समिति गठन गरेको छ । जसमा बरिष्ठ उपाध्यक्ष संयोजक र क्षत्रीय उपाध्यक्षहरु, महासचिव र कोषाध्यक्ष सदस्य रहने गरि ७ जनाको समिति गठन गरेको छ । समितिले प्रतिनिधि चयनमा संस्थाको विधान, अमेरिकाको विद्यमान कानुन, आइसीसीको गाइडलाइन र आवश्यक परेमा अरु महत्वपुर्ण पक्षलाई आधार बनाएर प्रतिनिधि चयन कार्यविधि बनाइ काम गर्ने छ ।
आजकै बैठकले विधान समितिको संयोजकमा उपाध्यक्ष वी आर लामा, अमेरिकामा हुने जनगणनामा नेपालीहरुको सहभागिता वढाउन गठीत सेन्सस २०२० समितिको संयोजकमा बरिष्ठ उपाध्यक्ष अर्जुन बनजाडे र आइटी समितिको संयोजकमा महासचिव पशुपति पाण्डे रहने गरी पहिलो चरणमा तिन समिति गठन गरिएको छ । समितिमा थप सदस्य संयोजकहरुले बोर्डको सल्लाहमा चयन गर्ने छन् ।
एनआरएनए-एनसिसि, अमेरिकाका पदाधिकारी, बोर्ड सदस्य र आइसिसि का सदस्यहरू इलोनोइज राज्यको सिकागोमा आमनेसामने बसेर गरेको यो पहिलो बैठकले आठौं साधारण सभा र सपथ ग्रहण कार्यलाई सफल बनाउन सहयोग गर्नु हुने संपुर्ण सदस्यहरु, स्थानिय च्याप्टर, आठौं साधारण सभा र सपथ ग्रहण कार्यक्रम तयारि समिति सदस्यहरु, निबर्तमान केन्द्रिय समिति तथा च्याप्टर समिति, टास्कफोर्स, सल्लाहकार, स्थानिय नेपाली संघ/संस्था, कलाकार, सन्चारकर्मी र सहयोगी सवैलाई धन्यबाद ज्ञापन गरिएको जानकारी गराउदछौं ।
भवदीय,
पशुपति पाण्डे
महासचिव
गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरिका
प्रकाशित मिति :आषाढ २५, २०७६ बुधवार -
१८:५२:४५ बजे