Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

अमेरिकाको मेरिल्याण्डमा एक नेपाली युवक सम्पर्क बिहिन, खोजी कार्य जारी

अमेरिकाको मेरिल्याण्डमा एक नेपाली युवक सम्पर्क बिहिन, खोजी कार्य जारी

सतीश चापागाईं

२५, आषाढ २०७६
images
  अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा बसोबास गर्दै आएका एक नेपाली युवक आयुष दाहाल केहिदिनदेखि सम्पर्क बिहिन भएको उनका साथीले जनाएका छन् । बस्दै आएको घरबाट १५ दिन अगाडी नै निस्केका आयुष साथीभाई र नेपाल घरमा पनि सम्पर्कमा नभएपछि साथीहरुले खोजी कार्य शुरु गरेका हुन् । खोजी कार्यमा सक्रिय युवा अनुप खनालका अनुसार प्रहरीमा खबर गरिसकेको बुझिएको छ । अनुप भन्छन, "उनको बारेमा जसलाई जे जानकारी छ, हामीलाई खबर गर्नु होला र खोजीकार्यमा सहयोग गर्नु होला ।" फेसबुकमा गारी अपील यसप्रकार छ:   सम्पूर्ण आदरणीयजनहरु नमस्कार। (आयुश दाहालको खोजी लागि हार्दिक अनुरोध !) मेरिल्यान्ड राज्यको ग्वेन ओक्समा आफ्ना साथी सम्मान बैद्यसँग रूम शेयर गर्दै आएका आयुश दाहाल बिगत १५ दिन देखि कोहि कसैसङ्ग पनि सम्पर्कमा नरहेको जानकारीले हामीलाई दुखित बनाएको छ। उनी आफ्ना साथी सम्मान सँग पनि संपर्क नरहेको हुँदा नेपालबाट उनका परिवारले संपर्क गरी खोजी दिनु हुन मेरिल्यान्डमा रहेका सङ्ठनहरुसँग आग्रह गर्नु भएको छ व्यहोरा यहाँ सबैलाई यसै सन्देश मार्फत जानकारी गराउँदछु। खोजी गर्ने क्रममा धेरै ठाउँहरु स्वयं ड्राइभ गर्नेका साथै सोधपुछ गर्ने कार्य यथासम्भव हामिले गर्‍यौं तर कतैबाट पनि उनको बारेमा केहि पत्ता लगाउन सकनौँ। अनि तत पश्चात् हामी, म र सम्मान वैध भाइ, हिजो 6424 Windsor Mill Rd, Gwynn Oak, MD स्थित बल्टिमोर काउन्टी प्रहरी कार्यलयमा नीज आयुश दाहालको खोजीको लागि निवेदन दिएर आएकाछौ । यो जानकारी लेख्दाको समयसम्म हामीले प्रहरी कार्यलयबाट आयुशको बारेमा कुनै जानकारी पाएका छैनौ। आयुशका साथी साम्मनका अनुसार चार पाच दिन अगाडि आयुश को फोन (४४३४४९३५६७) मा सम्पर्क गर्दा कुनै अपरिचित व्यक्ती ले फोन उठाएको र उक्त व्यक्तिसँग सोधपुछ गर्दा उसले ”यो फोन मैले बल्टिमोर को इनर हार्वरमा मध्यरात को १२ बजे तिर उक्त व्यक्ति इनर हार्वरको बेन्चमा सुती रहेको बेला मा लिएको हुँ र फोन चाहिन्छ भने म दिन्छु म कुनै समस्यामा फस्न चाहन भनेर फोन राखेको “ भनि सम्मानले भने यद्यपि उक्त फोनमा फोन गर्दा फोन सम्पर्क हुन सकिरहेको छैन। फोन पनि अफ छ ! आयुशका साथी सम्मानका अनुसार ३ हप्ता अगाडि आयुशले योर्क रोड को शेल ग्यास स्टेशनमा काम पाएको र आयुश उतै बस्छु भनि हिंडेको पनि रहेछन। तर हामीले गुगलमा सर्च गरेर योर्क रोडमा भएका सम्भवत सबै ग्यास स्टेशनमा सम्पर्क गर्दा उक्त आयुश नामको कोही पनि व्यक्ति थाहा नभएको जानकारीमा आयो । स्मरणार्थ: यस खोजीनीति कार्यमा मेरिल्याण्ड स्टेट क्षेत्र नं ८ का स्टेट डेलिगेट ह्यारी भण्डारीजी र न्योयोर्कका प्रभात सापकोटाजीको सक्रियता पनि रहेको जानकारी गराउन चहादछौँ। तसर्थ, आदरणीय बल्टिमोरवासी बुवा आमा दाजुभाइ तथा दिदिबहिनीहरु यहाँ आफू तथा आफ्नो सम्पर्कमा भएका संघ-सङ्गठनहरुलाई आयुश दाहालको खोजीमा लाग्नका लागि खबर गरिदिन हामी एवं आयुशका मातापिता, मिना दाहाल र तेज बहादुर दाहाल हार्दिक विनम्र अनुरोध गर्दछौं । आउनुहोस आजको यो अफ्ठ्यारो घडीमा हामी सबै वाल्टिमोर लगायत सम्पूर्ण अमेरिकावासी, आयुश दाहालको खोजीको लागि एकजुट भएर लागौं भन्ने आव्हान आग्रह सहित कोहि कसैले आयुशको बारेमा केही सुचना पाउनु या देख्नु भएमा निम्न फोन नम्बरहरु मा सम्पर्क गरिदिनु हुन समेत हार्दिक अनुरोध छ । अथवा नजिकैको प्रहरी चौकी मा खबर गरिदिनु होला !
Harry Bhandari 443-403-9984 Raj Senchury 443-8447130 Anup Khanal 443-204-7240 Netra KC 443-799-9998 Dolnath Ghinire 443-858-4510 Amar Chyantal 443-600-2138 Bisal Rana 443-972-0438 Prabhat Sapkota 646-671-2713 Rajan Poudel 443-801-2085 Samman Baidhya 410- 652-7172  

images
प्रकाशित मिति :आषाढ २५, २०७६ बुधवार - २१:१५:५२ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend