Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

टेक्ससमा बालबालिकाका लागि आध्यात्मिक शिविर सुरु

टेक्ससमा बालबालिकाका लागि आध्यात्मिक शिविर सुरु

सतीश चापागाईं

३१, आषाढ २०७६
images
नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र ( एनसीएससी ) र नेपाली समाज टेक्ससको संयुक्त आयोजनामा हिजो, सोमबारदेखि नेपाली बालबालिकाका लागि आध्यात्मिक शिविर सुरु भएको छ। बालबालिकाका लागि अध्यात्म, नेपाली संस्कार, संस्कृति, सभ्यता, मूल्य मान्यताका साथै सनातन धर्म र पूर्वीय दर्शनका बारेमा जानकारी गराउने एवं नेपालसँग परिचित गराउने उद्देश्यले आयोजित आध्यात्मिक तथा सॉंस्कृतिक शिविरमा उत्साहजनक सहभागिता रहेको आयोजकहरूले बताएका छन्। ९ दिन सम्म सञ्चालन हुने उक्त शिविरमा हाल सम्म १ सय पचास बालबालिका भर्ना भएका छन्। शिविर सञ्चालनका लागी आयोजकहरूले नेपालबाट नै हिन्दु धर्म तथा आध्यात्मकाबारेमा गहिरो अध्यन भएका र नेपाली तथा अङ्ग्रेजी दुवै भाषामा बालबालिकाहरूलाई प्रशिक्षण दिन सक्ने क्षमता भएका गुरु डाक्टर चिन्तामणि योगीलाई ल्याइएको छ। डालसमा विगत १० वर्ष देखि आध्यात्मिक शिविर सञ्चालन गर्दै आएका डाक्टर योगी विश्वका विभिन्न मुलुकहरूमा आध्यात्मिक शिविर, प्रवचन तथा प्रशिक्षण दिने गरेका छन्।  

images
प्रकाशित मिति :आषाढ ३१, २०७६ मंगलवार - १२:५३:०३ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend