Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

प्रहरीमाथि आक्रमण गर्ने रवि लामिछानेका समर्थकलाई मुद्दा दर्ताकाे तयारी

प्रहरीमाथि आक्रमण गर्ने रवि लामिछानेका समर्थकलाई मुद्दा दर्ताकाे तयारी

सतीश चापागाईं

३, भाद्र २०७६
images
  टेलिभिजन प्रस्तोता रवि लामिछानेका समर्थकहरुले दिनहु चितवनमा प्रदर्शन गरिरहेका छन् । रवि लामिछानेसहित तीन जनालाई चितवन प्रहरी कार्यालय लगेको दिन पनि प्रदर्शनकारीले प्रहरी कार्यालयमा ढुंगामुढा गरेका थिए । ढुंगामुढाका कारण पाँच जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रदर्शनकारीको प्रदर्शन नरोकिएपछि निषेधित क्षेत्र नै निर्धारण गरिएको छ । निषेधित क्षेत्र पनि प्रदर्शनकारीले बेलाबेला तोडेपछि प्रहरीसँग झडप भइरहेको छ । मंगलबार पनि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । जिल्ला अदालतले फेरि पाँच दिन रविसहित तीनै जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएपछि प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेका थिए । प्रहरीमाथि आक्रमण गर्ने ६ प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसअघि १८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यस मध्ये चार जना मंगलबार धरौटीमा रिहा भए । चार जनालाई प्रहरीले पाँच सय धरौटीमा १ भदौमै रिहा गरिसकेका थिए । तर, बाँकी १० जनालाई भने मुद्दा चलाउने तयारी भइरहेको छ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा अनुसन्धानका लागि रवि लामिछानेसहितलाई प्रहरी नियन्त्रणमा लिएको छ । हिमालखबरकामा समाचार छ ।

images
प्रकाशित मिति :भाद्र ३, २०७६ मंगलवार - १३:०२:१४ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend