शिव अधिकारी
सिकागो अमेरिका
मिनिसोटा र टेक्सासमा पुर्वनिर्धारित कमेडी शोका लागि आएका जितु नेपाल मुन्द्रेले अपर्झट सिकागो झरेपछि छोटो सुचनाका अधारमा सिकागोमा २ वटा साना साना सन्ख्यामा उपस्थित आयोजित कार्यक्रममा निकै हसाए। मुन्द्रे स्टेजमा आएपपछि नै सबैलाई धाराप्रवाह हसाइरहेका थिए ।

सिकागोको सहर केन्द्रित कार्यक्रम देभान स्थित नर्थसोर बैन्कट हलमा करिब ८० जना सहभागी कार्यक्रममा जितुले आफू गलत बेला अमेरिका आएको बताउदै यति बेला नेपाल भएको भए रबि लामिछाने दाईका समर्थकहरुले एअरपोर्टमा झर्न दिन्छन कि टाउको फुटाइदिन्छन निस्चित नभएकोले आफुलाई राती निद्रा नलागेको भन्दै कार्यक्रमको शुरूवात गरेका थिए ।
अगस्ट २८ मा आयोजित कार्यक्रमको सन्चालन इस्वरी बगाले र अध्यक्षता विश्व राईले गर्नु भएको थियो भने कार्यक्रममा अनिल चपाई, इच्छा क्षेत्री लगायतका कलाकारहरुले निर्त्य र यादब न्यौपानेले कविता वचन गर्नु भएको थियो ।

यसैगरि अगस्ट २९ गते शहरभन्दा बाहिर रहेका सबब एरियाका आम मानिसको लागि नाइल्स हरुको लागि नेपाली अमेरिकन सेन्टर लगायतका संगठनहरुले आयोजाना गरेको कार्यक्रममा पनि मुन्द्रेले हसाउनु भएको थियो । उक्त कार्यक्रममा निरज श्रेष्ठले सुमधुर गित प्रस्तुत गर्नु भएको थियो ।