Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

खोक्रो राष्ट्रवादको आरोपबारे झलनाथ आक्रोशित, भन्छन् ‘पटमूर्खहरु नेपाली होइनन्’

खोक्रो राष्ट्रवादको आरोपबारे झलनाथ आक्रोशित, भन्छन् ‘पटमूर्खहरु नेपाली होइनन्’

नेप्लिज डायस्पोरा

३०, कार्तिक २०७६
images
  २०७६, ३० कार्तिक शनिबार काठमाडौँ – भारतले नेपाली भूमि अतिक्रमण गरेको विषयलाई दलहरुले उपचुनाव जित्ने रणनीतिका रुपमा प्रयोग गर्न थालेका छन् । विशेष गरी सत्तारुढ नेकपा र प्रमुख विपक्षी नेपाली कांग्रेसलाई यस्तो आरोप लागेको हो । अहिले प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सीमानाबारे राष्ट्रवादी अभिव्यक्ति दिन सबैभन्दा अगाडि छन् । पछिल्लो पटक देउवाले व्यक्त गर्ने हरेक सार्वजजिक अभिव्यक्तिमा सीमाना अतिक्रमणको विरोध मुख्य विषय बनिरहेको छ । नाकाबन्दीका बेला चट्टानी अडान लिएर राष्ट्रवादी छबि बनाएका अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली सीमाना अतिक्रमण हुँदा किन मौन बसेको भन्द्र देउवा प्रश्न गरिरहनुहुन्छ । उपनिर्वाचन नजिककिएका बेला सीमाना अतिक्रमणबारे प्रमुख विपक्षी दलका नेता देउवाको अभिव्यक्तिलाई सरकार र सत्तारुढ नेकपाका नेताहरुले नजिकबाट अध्ययन नगर्ने कुरै भएन । देउवाका पछिल्ला अभिव्यक्तिहरु राष्ट्रवाद भन्दा पनि उपचुनावलक्षित रहेको उनीहरुको बुझाई छ । सरकारका प्रवक्ता गोकुल बाँस्कोटा पनि देउवाका अभिव्यक्तिलाई आफूले चुनावी मसालाका रुपमा लिएको टिप्पणी गर्नुभयो । संविधान जारी गर्दा भारतले गरेको नाकाबन्दीमा मौन बसेको र अहिले उपचुनाव जित्ने मनसायका साथ सीमाना अतिक्रमणविरुढ आक्रामक बनेको आरोप कांग्रेसलाई लागेको छ । यता राष्ट्रवादको नारा लगाए, विगतझैँ यसपटक पनि चुनाव जितिने मनसाय बुनेको आरोप सत्तारुढ नेकपालाई छ । विष्लेषक पुरन्जन आचार्यले भारत विरोधी नारालाई मात्रै दलहरुले राष्ट्रवादका रुपमा व्याख्या गर्न खोज्ने र त्यसबै बलमा चुनाव जित्ने गलत परिपाटी बस्न थालेको बताउनुभयो । कम्युनिष्टले नाकाबन्दीका बेला राष्ट्रवादको मुद्दा भजाएर चुनाव जितेको र अहिले कांग्रेसले पनि त्यसकै सिको गरिरहेको आचार्यको बुझाई छ । तर नेपाली कांग्रेसका नेता डा। मिनेन्द्र रिजाल आफूहरुलाई नाकाबन्दीमा मौन बसेको भनेर जनतामा भ्रम फैलाउन कम्युनिष्टहरु सफल भएको जिकिर गर्नुभयो । उतिबेला कांग्रेसकै पहलमा नाकाबन्दी हटेको यथार्त कसैले भुल्न नहुने उहाँको भनाई छ । नेपाली कांग्रेस उतिबेला पनि र अहिले पनि राष्ट्रवाद र सार्वभौमसत्ताका सवालमा एउटै अनुहारका साथ अडिग रहेको रिजालको दाबी छ । दलहरु राष्ट्रवादका विषयमा जस लिन मात्रै अघि बढ्ने गरेपछि नागरिकहरुमा भने निराशा छाएको छ । संविधान जारी गर्दा भारतले लगाएको नाकाबन्दी बारे राष्ट्रका पक्षमा चट्टानी अडान व्यक्त गरेपछि त्ससको फाइदा केपी शर्मा ओली र उनको पार्टीलाई पुगेको विष्लेषण हुने गर्छ । नाकाबन्दीको विरोध गरेकै कारण नेकपाले दुईतिहाई बहुमत प्राप्त गरेको र अहिले पनि सीमाना अतिक्रमणको विषयलाई राजनीतिक फाइदाको विषय उसले बनाइरहेको आरोप नेकपालाई लागेको छ । विष्लेषक सुरेन्द्र केसीले राष्ट्रवादकै नाराले दुईतिहाई बहुमत जुटाएको नेकपाले अहिले खोक्रो राष्ट्रवादको झल्को दिइरहेको टिप्पणी गर्नुभयो । तर यता सत्तारुढ नेकपाका वरिष्ठ नेता झलनाथ खनालले मुलुकको स्वाधिनताको रक्षा गरेको विषयलाई चुनावी प्रपोकाण्डाका रुपमा अर्थ लगाउनेहरु पटमुर्ख भएको आरोप लगाउनुभयो । उहाँले मुलुकको राष्ट्रिय अस्मिताको रक्षामा जुटेको नेकपालाई चुनाव जित्न खोक्रो राष्ट्रवादको नारा लगायो भन्नेहरुलाई नेपाली पनि भन्न नमिल्ने भन्दै आक्रोश पोख्नुभयो । हुन त चुनाव जित्न दलहरुले अनेक प्रपञ्च रचिरहेका हुन्छन् । सरकारमा पुगेको दलले मुलुकको विकास कसरी गर्ने भन्दा पनि आगामी चुनाव कसरी जित्ने त्यसको तयारीम बढी ध्यान लगाउने गरेका हुन्छन् । तर सीमाना रक्षाको सवाललाई चुनाव जित्ने रणनीति मात्रै बनाउनु मुलुकका लागि लज्जास्पद, आपत्तिजनक र खेदजनक विषय हो । देश रहे मात्रै हामी र पार्टी रहने कुरालाई बुझेर मुलुकको राष्ट्रि स्वाधिनता र भौगोलिक अखण्डताको रक्षाका लागि सबै नेपालीहरु एकजुट हुनुपर्छ । रेडियोएनआरएनबाट ।

images
प्रकाशित मिति :कार्तिक ३०, २०७६ शनिवार - २०:०७:४२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend