Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

मन्त्री विष्टले भने जनताको पक्षमा काम गर्दाको जोखिम अनुभव गरें

मन्त्री विष्टले भने जनताको पक्षमा काम गर्दाको जोखिम अनुभव गरें

नेप्लिज डायस्पोरा

५, मंसिर २०७६
images
  काठमाडाैं निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले जनताको पक्षमा काम गर्न जोखिमपूर्ण हुन्छ भन्ने कुराको अनुभव आफूले मन्त्री रहँदा गरेको बताएका छन् । मन्त्रालयबाट बिदा हुने क्रममा बिहीवार बोल्दै मन्त्री विष्टले जनताको पक्षमा काम गर्नु जोखिमपूर्ण हुन्छ भन्ने अनुमान आफूले पहिल्यै गरेपनि त्यसको अनुभव अहिले गरेको बताएका हुन् । 'स्वाभिमानका साथ जनतालाई केन्द्रभावमा राखेर सुधारका पहल उठाइरहेका बेला जनताको पक्षमा काम गर्ने कुरा जोखिमपूर्ण हुन्छ भन्ने अनुमान गरेकै थिएँ, अहिले अझ उचाइमा त्यसको अनुभव पनि गरें,' विष्टले भने । आफू मन्त्री नरहेपनि देशभित्र र देशबाहिर श्रम बगाइरहेका युवाहरूको हितमा आफ्नो आवाज गुञ्जिरहने उनको जिकिर छ । 'जिन्दगी जनताको हातमा,' विष्टले भने, 'जतिदिन रहन्छु, सामाजिक काममा रहन्छु, पार्टीको इमान्दार कार्यकर्ताको हिसाबले भूमिका निर्वाह गर्छु,' विष्टले थपे । जीवन नै अस्थायी रहेको भन्दै विष्टले पद कहिल्यै स्थायी नहुने बताए । 'पद क्षणिक कुरा हो,' उनले भने, 'जीवन नै अस्थायी छ, पद स्थायी हुने कुरै आउँदैन । आउँदा नै एक दिन निस्किनुपर्छ भनेर आएको थिएँ ।' विष्टले जाँदाजाँदै प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रालयका कर्मचारी, सञ्चारकर्मी र आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद समेत थिए । लोकान्तर

images
प्रकाशित मिति :मंसिर ५, २०७६ बिहिवार - ०५:००:५८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend