Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

पाल्पाको भूतखाेलामा भेटिएको मानव कंकाल अभिषेक भट्टराईको रहेको पुष्टि

पाल्पाको भूतखाेलामा भेटिएको मानव कंकाल अभिषेक भट्टराईको रहेको पुष्टि

नेप्लिज डायस्पोरा

८, मंसिर २०७६
images
  पाल्पा – जिल्लाको तिनाउ गाउँपालिका–३, भूतखोला नजिकै जङ्गलमा फेला परेको मानव कंकालकाे पहिचान भएको छ । मानव कंकालसँगै फेला परेको कपडा, झोला, मोबाइलबाट शवको पहिचान भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उक्त मानव कंकाल तानसेन–१३, छेर्लुङ्का १९ वर्षिय अभिषेक भट्टराईको रहेको पाल्पा प्रहरीले पुष्टि गरेकाे छ । पुष्टि भएसँगै कंकाल र फेला परेकाे सामग्री परिवारलाइ बुझाइएकाे छ । तानसेनस्थित जनता माविमा कक्षा–१२ को परीक्षा दिएपछि बुटवलस्थित होटल ड्रिमलेण्ड हाेटलमा कुक सम्बन्धी तालिम सिक्दै गरेका भट्टराई २०७६ असार २६ गतेदेखि बेपत्ता भएका थिए । होटलमा तालिम लिन गएका भट्टराई घर नफर्केपछि परिवारले खोजविन गरेपनि भट्टराईको अवस्था पत्ता लागेको थिएन । उनले भूतखोला नजिकै जङ्गलमा गएर रुखमा झुण्डिएर आत्महत्या गरेको बुझिएको छ । भूतखाेलमा भेटिएकाे कंकालकाे पाेष्टमार्टम गरी परिवारलाइ बुझाइएकाे छ । पाल्पाबाट संचालित सेरोफेरो न्युजबाट ।

images
प्रकाशित मिति :मंसिर ८, २०७६ आइतवार - १९:११:४० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend