१७, मंसिर २०७६
नेपाली पत्रकारिता, भाषा-साहित्य र प्रेस स्वतन्त्रताका अग्रणी अभियन्ता विनय कसजु र विदेशी संचार माध्यममा आधा सताप्दीसम्म नेपालको प्रतिनिधित्व गर्दै रिपोर्टिंग गर्नु भएका ख्यातिप्राप्त अग्रज पत्रकार विनय गुरुवाचार्यको स्मरणमा नेपाली पत्रकारहरुको अन्तरराष्ट्रिय संजाल (ईन्जा)द्वारा मेरिल्याण्ड राज्यको बाल्टिमोर शहरमा श्रद्धान्जली सभा हुने भएको छ ।
उक्त श्रद्धान्जली सभाको सह-आयोजकहरुमा अनलाईन मिडियाहरु ब्रेक एण्ड लिंक, डिसी नेपाल, ईनेप्लिज, नेप्लिज डायस्पोरा डटकम र सगरमाथा टेलिभिजन, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज इनास मेरिल्याण्ड लगायतको साथ र सहकार्य रहेको छ।
यहि डिसेम्बर ८ तारिख, आइतबारका दिन बाल्टिमोरको स्थानीय नेपाल हाउस रेष्टुरेन्टमा हुन लागेको उक्त श्रद्धाञ्जली सभामा यस बाल्टिमोर-मेरिल्याण्ड, डिसी, भर्जिनिया लगायतका वरपर रहनु हुने सम्पुर्ण पत्रकार, साहित्यकार तथा कलाकारहरुका साथै विभिन्न स्थानीय संघसंस्थाहरुका प्रतिनिधिहरु लगायत नेपाली भाषा, साहित्य र संचारलाई माया गर्ने सम्पुर्ण शुभचिन्तक माहनुभावहरुलाई उक्त श्रद्धाञ्जली सभामा उपस्थित भइ विशिष्ट ब्यक्तित्व द्वय प्रती हार्दिक श्रद्धाञ्जली प्रकट गरिदिन हुन हार्दिक अनुरोध गर्दछौं।
कार्यक्रम सम्बन्धि जानकारी पोस्टरमा छ ।
Date: Dec 8, 2019 Sunday,
Time: 1:30 pm
Place: Nepal House, 920 N Charles St, Baltimore, MD 21201
थप जानकारीका लागि
https://facebook.com/events/452964908928890/?ti=as
©Srijan, मेरिल्याण्डका हामी नेपाली" "Maryland Ka Hami Nepali", 2019
प्रकाशित मिति :मंसिर १७, २०७६ मंगलवार -
०८:०६:२६ बजे