Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

प्रवासी नेपाली मंच अमेरिकाका अध्यक्ष प्रभु थापालाई मातृशोक

प्रवासी नेपाली मंच अमेरिकाका अध्यक्ष प्रभु थापालाई मातृशोक

images
  बाल्टिमोर, अमेरिका । प्रवासी नेपाली मंच अमेरिकाका अध्यक्ष तथा अमेरिकाको नेपाली समाजका सक्रिय समाजसेवी प्रभु थापालाई मातृशोक परेको छ । थापाकी ममतामयी माता नानीमाया थापाको ६९ वर्षको उमेरमा निधन भएको हो । विगत चारवर्षदेखि मल्टीपल माइलोमा नामक रोगको उपचार गराइरहनुभएकी नानीमाया थापाको मणिपाल अस्पताल पोखरामा नियमित उपचारका क्रममा विहिबार दिउँसो ३ बजे निधन भएको पारिवारीक श्रोतले जानकारी दिएको छ । बिरामी नानीमाया थापाको यसअघि अमेरिकाको न्युर्योकस्थित एलमल्स अस्पताल तथा बाल्टिमोरको जोन्स हप्किन्स अस्पतालमा झण्डै ८ महिना उपचार गराईएको पारिवारिक सुत्रबाट थाहा लागेको छ। तनहुँको भानु नगरपालिका भकुन्थोकमा जन्मनुभएकी स्वर्गीय नानी माया थापाका सात छोरा छन् । प्रभु थापा जेठा छोरा हुन् । स्वर्गीय थापाको लम्जुङको तार्कुघाटमा दाहसंस्कार गरिएको पनि श्रोतले जानकारी दिएको छ । नेप्लिज डायस्पोरा परिवार नानीमाया थापाको स्वर्गीय आत्माप्रति हार्दिक श्रद्धान्जलि अर्पण गर्दै यस दुखद घडीमा शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्दछौं ।  

images
प्रकाशित मिति :पौष ४, २०७६ शुक्रवार - १८:४४:१७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend