Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

बाल्टिमोरमा 'तीन घुम्ती' प्रदर्शन हुने, उठेको रकम गौतम बुद्द अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई प्रदान गरिने

बाल्टिमोरमा 'तीन घुम्ती' प्रदर्शन हुने, उठेको रकम गौतम बुद्द अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई प्रदान गरिने

images
  अमेरिकाको बाल्टिमोरमा नेपाली चलचित्र 'तीन घुम्ती' प्रदर्शन हुने भएको छ । चलचित्रका निर्दशक बाबुराम ढकालले नेप्लिज डायस्पोरालाई दिएको जानकारी अनुसार चलचित्र प्रदर्शनबाट संकलन भएको रकम धुर्मुस सुन्तली फाउन्डेशनले चितवनमा निर्माण गरिरहेको गौतम बुद्द अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई प्रदान गरिने छ । 'तीन घुम्ती' नेपाली साहित्यका मूर्धन्य साहित्यकार विश्वेश्वर प्रसाद कोइरालाको कालजयी उपन्यास हो । यही उपन्यासमा आधारित भएर निर्देशक बाबुराम ढकालले अत्यन्त मेहेनतका साथ यो चलचित्र बनाएका हुन् । निर्देशक ढकाल अहिले अमेरिकामा नै छन् । चितवन समाज अमेरिकाले यो चलचित्र प्रदर्शनको ब्यबस्थापन गरेको छ । यो चलचित्रमा गरिमा पन्त, ध्रुब दत्त, र सुशान्त कार्की मुख्य कलाकार रहेको यो चलचित्रलाइ गोपाल प्रसाद सुबेदीले निर्माण गरेका हुन् र पंकज जलन र बाबुराम ढकालले सह निर्माण गरेका हुन् । करन सिंह प्रोडक्सन मेनेजर रहेको यो चलचित्रको कला पक्ष गेहेन्द्र जिमीले हेरेका छन् भने सम्पादन बिपिन मल्लले गरेका हुन् । चलचित्रको सिनेमाटोग्राफर रामेश्वर कार्की रहेका छन् । डाक्टर कृष्णहरी बरालको गीत र बसन्त सापकोटाको संगीत संयोजन रहेको चलचित्र राकेश अदुकियाले प्रस्तुत गरेका हुन् । चलचित्र प्रदर्शनको आयोजना गरेको चितवन समाजले सार्बजनिक गरेको सूचना नेपालमा हामी सबै नेपालीको लागि गौरवको विशाल परियोजना संपन्न हुॅंदैछ । धुर्मुस सुन्तली फाउन्डेशनद्वारा चितवनमा निर्माण भइरहेको गौतम बुद्द अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य संपन्न गर्न आर्थिक सहयोग जुटाउने उद्देश्यले यही फेब्रुअरी २ देखि ९ सम्म पण्डित दिनबन्धु पोखरेलको पुराण वाचन सहित धन-धान्याचल (महायज्ञ) लगाउने कार्यक्रम रहेको छ। राष्ट्रिय गौरवको यो परियोजनालाई सहयोग गर्न चितवन समाज अमेरिका (डीसी मेट्रो क्षेत्र) ले पनि धन-धान्याचल (महायज्ञ) को लागि आर्थिक सहयोग संकलन कार्य शुरू गरेको छ । उक्त अभियानलाई थप सहयोग गर्न हामीले नेपाली साहित्यका मूर्धन्य साहित्यकार विश्वेश्वर प्रसाद कोइरालाको कालजयी उपन्यासमा आधारित र बाबुराम ढकालद्वारा निर्देशित चलचित्र “तीन घुम्ती” प्रदर्शन गर्न लागेका छौॅं। उक्त चलचित्र हेर्न पाल्नुहुन सविनय अनुरोध गर्दछौॅं । आनन्दकृष्ण घिमिरे अध्यक्ष 410-949-0144 विष्णु बराल महासचिव 706-247-3855 मिति: January 26, Sunday समय: साॅंझ ६ बजे स्थान: Horizon Cinemas Beltway Plaza 7660 Belair Rd Baltimore, MD २१२३६ टिकट डर $1५

images
प्रकाशित मिति :माघ ५, २०७६ आइतवार - १४:५४:४४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend