Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

अमेरिकामा एक लाख डलरको चिठ्ठा जिते नेपाली युवाहरुले

अमेरिकामा एक लाख डलरको चिठ्ठा जिते नेपाली युवाहरुले

नेप्लिज डायस्पोरा

१५, माघ २०७६
images
  अमेरिकाको मेरिल्याण्डमा तीन नेपालीले एकलाख डलरको चिठ्ठा जितेका छन्। नेपालमा पर्वत र बाग्लुङ जिल्लाबाट आएका तीन जना युवा डोलेन्द्र पौडेल, दीपक रिजाल र जीवन शर्माले यो चिठ्ठा जितेका हुन्। दीपक र डोलेन्द्रले जीवनका दुई बहिनि बिबाह गरेका छन । यहि साताको सुरूमा कामबाट फर्कने क्रममा जीवनले स्थानीय इजी कन्भिनियन्स एन्ड डेली (EZ Convenience & Deli) मा पसेर किनेको 50X The Cash स्क्र्याच अफ गेममा उनीहरूलाई एकलाख डलरको चिठ्ठा परेको हो । मेरिल्याण्ड राज्यको ग्लेन बर्नी सहरमा उनीहरु बसोबास गर्दै आएका छन्। उनीहरु सात वर्षअघि अमेरिकी सपना बोकेर अमेरिका आइपुगेका हुन् । "हामीहरुले प्राय:जसो संगै चिठ्ठा किन्ने गर्थ्यौं, यो पटक पनि त्यही गरेका हौँ।" "सुरूमा त हामीलाई विश्वास नै भएन। पटक पटक चेक गर्यौं । मोबाइलमा भएको एप्सले स्क्यान गरेपछि भने विश्वास बढ्यो ।" उनीहरु भन्छन । "करोडौं डलर कमाउने हिम्मत साथ ब्यबसाय शुरु गरेका छौं । तर अचानक प्राप्त लाखौं डलरको चिठ्ठाले सार्है खुशी मिलेको छ ।" दिपक रिजालले नेप्लिज डायस्पोरासंग बोल्दै भने, "हामीले ३५ प्रतिशत कर काटेर बाँकि पैसा पनि बुझिसक्यौं ।" उनीहरु तिनै जना मिलेर यहि महिनादेखि संगोलमा 'क्रयाकपट लिकर्स र क्रयाकपट रेष्टुरेन्ट' लिकर सहितको रेष्टुरेन्ट शुरु गरेका छन् ।  

images
प्रकाशित मिति :माघ १५, २०७६ बुधवार - २१:२२:४६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend