-सुरेश चाम्लिङ्ग
न्युयोर्क, अमेरिका
युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरीकाले हालको १ नं प्रदेशको नाम "किरात प्रदेश" राखिनु पर्ने माग गरेको छ|
हालै अर्गनाइजेसनको केन्द्रीय सभापती श्रीमती मुना राईको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले नेपाली महावाणिज्य दुतावास न्यु योर्क मार्फत १ न प्रदेशको सभामुख र प्रदेश सांसदहरुलाई ज्ञापन पत्र हस्तान्तरण गरेको छ| न्यु योर्क स्थीत महावाणिज्यदुत पुष्प राज भट्टराईलाई ज्ञापन पत्र प्रस्तुत गर्नु हुदै सभापति श्रीमती मुना राईले शिघ्राती शिघ्र ज्ञापन पत्र सरकारी संयत्र मार्फत १ नं प्रदेश सभामा पुर्याई दिनु अनुरोध गर्नु भएको थियो| महावाणिज्यदुत पुष्प राज भट्टराईले नेपाल सरकारको सम्बन्धित निकायमा पठाउने प्रतिवद्दता व्यक्त गर्नु भएको थियो| उक्त ज्ञापन पत्र अर्गनाइजेसनका मिडिया को-अर्डिनेटर सुरेश चाम्लिङ्गले वाचन गर्नु भएको थियो|
बोधार्थ तथा कार्यार्थ प्रधान मंत्री के पी ओली र १ नं प्रदेश का मुख्य मंत्री शेर धन राईलाई दिइएको छ|उक्त प्रतिनिधी मण्डलमा अर्गनाइजेसनका संस्थापक सभापती शिब कुमार राई,पुर्व केन्द्रीय सभापति मिलन राई,न्यु योर्क लोकल च्याप्टर सभापति केशब राम राई,कोषाध्यक्ष गणेश राई,बि ओ डि सुख राज राई ,लोकल च्याप्टर सदस्य हरु,बिबेक राई, तारा राई र अग्नि साङ्गपाङ्ग हुनु हुन्थ्यो भने न्यु इंग्ल्याण्ड लोकल च्याप्टर महासचिव शेखर राई र भिम राई हुनु हुन्थ्यो|
उक्त ज्ञापन पत्रमा युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका,अमेरिकाको कानुन अनुसार दर्ता भएर ११ वटा राज्यमा च्याप्टर भएको संस्था हो र यसले नेपालमा भै परी आएको समयमा मानव सेवा लगाएतको कार्यहरु गर्दै आएको जनाइएको छ| हाल नेपालमा संघीयता कार्यान्वयन गर्ने सन्दर्भमा प्रदेशको नामाकरण हुदै गर्दा पुर्वमा रहेको १४ जिल्ला हालको प्रदेश न -१ लाई किरात प्रदेश नामाकरण गरिनु पर्छ भनिएको छ|
किरात समुदायले इतिहासको काल खण्डमा आफ्नो विशिस्ट भाषा,संस्कार संस्कृति सभ्यता स्थापीत गरी राज्यलाई नै सम्व्रिद्द बनाएकोले पनी किरात प्रदेश हुनु भूगोल, इतिहास र सभ्यताको सम्मान हो भनिएको छ| नेपालको इतिहासमा अस्तित्वमा रहेको वल्लो किरात, माझ किरात र पल्लो किरात भूगोलको एकीकृत स्वरुप नै हाल को १-न प्रदेश भएकोले सो प्रदेशको नामकरण "किरात प्रदेश" होस् भन्ने माग गरिएको छ| यसभन्दा अगाडी पनि नेपालका किरात राई यायोखा केन्द्रिय समितीले हस्ताक्षर संकलन गरी मुख्यमंत्री लाई बुझाउदा अमेरिका बस्ने किरात हरुबाट अर्गनाइजेसनको पहलमा हस्ताक्षर संकलन गरि पठाईएको पुर्व केन्द्रिय सभापति बिष्णु राईले बताउनु भएको छ|
उक्त ज्ञापन पत्र अमेरीकाका लागी नेपाली राजदुत डा अर्जुन कार्की समक्ष वाशिंगटन डि सी मा बुझाउनुको लागी प्रयास गर्दा उहाले बे वास्ता गरेकोले अर्गनाइजेसनले खेद व्यक्त गरेको छ र अमेरिकामा रहेको पहिचानवादीहरु रुस्ट भएका छन्|