Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

एनआरएनएको बदनाम गरेको भन्दै आइसीसी सदस्य बिकमाथि कार्यवाही हुने

एनआरएनएको बदनाम गरेको भन्दै आइसीसी सदस्य बिकमाथि कार्यवाही हुने

नेप्लिज डायस्पोरा

१९, चैत्र २०७६
images
लण्डन। गैर आवासीय नेपाली संघ (एनआरएन) ले संस्थामा विधी विपरित अभिव्यिक्ती दिएको भन्दै एक सदस्यलाई कार्यवाही गर्ने चेतावनी दिएको छ । बिकले रवि लामिछानेको सिधाकुरा जनतासंग कार्यक्रममा गएर सरकारले नेपाल सरकारले चीनबाट स्वास्थ्य परिक्षण उपकरण र सुरक्षा सामग्रीहरुको खरिद गर्दा भ्रष्टचार गरेको भन्दै आरोप लगाएपछि संघले कार्यवाही गर्ने प्रकृया अघि बढाएको हो । संघका प्रवक्ता डिबी क्षेत्रीले बुधवार एक विज्ञप्ति जारी गर्दै नेपाल सरकारले चीनबाट स्वास्थ्य परिक्षण उपकरण र सुरक्षा सामग्रीहरुको खरिद गर्दाको प्रकृया र खरिद मुल्यका वारेमा संघका अन्तर्राष्ट्रिय समन्वय परिषदका एक सदस्यले टेलिभिजन कार्यक्रममा दिएको सार्वजनिक अभिव्यक्ति प्रति हाम्रो ध्यानाकर्षण भएको जनाएका छन । बिकको नामै नलिइ जारी गरिएको बिज्ञप्तिमा निज (बिक)ले दिएको अभिव्यक्ति संघको आधिकारिक धारणा नभएको प्रष्ट पारिएको छ । विज्ञप्तिको पूर्णपाठ प्रेस वक्तब्य कोभिड-१९ को महामारीले अहिले विश्वमा विकराल स्थिति सृजना भएको छ, यो रोगबाट हजारौंले ज्यान गुमाई सकेका छन् भने लाखौं संक्रमणमा परेका छन् । यो महामारीले देश भित्र र बाहिर बस्ने नेपालीहरुलाई समेत प्रभाव पारेकोले संघलाई दोहोरो चुनौति थपिएको छ । प्रत्येक जसो मुलुकमा अप्ठेरोमा परेका नेपालीहरुका साथै मुलुक भित्रकै नेपालीहरुलाई सहयोग गर्नु हाम्रो कर्तब्य हो । संघका अध्यक्ष कुमार पन्तको संयोजकत्वमा संसारभरका विज्ञहरु रहेको एक उच्च स्तरिय समिति गठन गरी एक रणनितिक कार्ययोजना तयार गरिएको छ । सोही अनुरुपमा संघका विश्वभर छरिएका राष्ट्रिय समन्वय परिषदहरुले नेपाली कुटनीतिक नियोगहरुको सहकार्यमा नेपाली समुदायलाई सहयोग गर्दै आएको समेत जानाकारी गराउँदछौ । साथै विगतमा महाभुकम्प, बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपमा झैं कोभिड-१९ महामारीका बिरुद्ध लड्न नेपाल सरकारसँग गैरआवासीय नेपाली संघले सहकार्य गर्दै आएको छ । यसको लागि संघले नेपाल सरकारलाई कम्तिमा रु १ करोडको सहयोग गर्ने प्रतिवद्धता गरि सकेको छ भने बिभिन्न मुलुकहरुवाट स्वास्थ्य परिक्षण उपकरण र स्वास्थकर्मीहरुका लागि सुक्षाका सामाग्री खरिद गरी नेपलमा उपलव्ध गराउने प्रकृया शुरु भैसकेको छ । यसै प्रसङ्गमा नेपाल सरकारले चिनबाट स्वास्थ्य परिक्षण उपकरण र सुरक्षा सामग्रीहरुको खरिद गर्दाको प्रकृया र खरिद मुल्यका वारेमा संघका अन्तर्राष्ट्रिय समन्वय परिषदका एक सदस्यले टेलिभिजन कार्यक्रममा दिएको सार्वजनिक अभिव्यक्ति प्रति हाम्रो ध्यानाकर्षण भएको छ । निजले दिएको अभिव्यक्ति संघको आधिकारिक धारणा नभएको प्रष्ट पार्न चाहान्छौं । संघले तोकेको आधिकारीक व्यक्ति बाहेक अन्य व्यक्तिले दिएको अभिव्यक्ति संघको आधिकारिक धारणा हुन नसक्ने आमसंचार माध्यमलाई समेत जानकारी गराउँदछौं । खरिद प्रकृयाका बिषयमा कुनै कमिजोरी भए यसको छानबिन गर्ने जिम्मेवारी राज्यको सम्बन्धित निकायको हो । यो आपतकालिन अवस्थामा देश विदेशमा बस्ने सबै नेपालीहरुलाई यस महाप्रकोप विरुद्ध संपुर्ण मानवजाति संग एकजुट भएर लड्न अनुरोध गर्दछौँ । डिबि क्षेत्री प्रवक्ता, गैरआवासीय नेपाली संघ । ३१ मार्च २०२० साभार:नेपालब्रिटेन डटकम

images
प्रकाशित मिति :चैत्र १९, २०७६ बुधवार - १५:४५:३५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend