Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

'नेप्लिज डायस्पोरा डटकम' सामुदायिक पत्रकारीताको मेरुदण्ड बनोस -गुणराज लुइंटेल

'नेप्लिज डायस्पोरा डटकम' सामुदायिक पत्रकारीताको मेरुदण्ड बनोस -गुणराज लुइंटेल

सतीश चापागाईं

११, भाद्र २०७५
images
  'नेप्लिज डायस्पोरा डटकम' सामुदायिक पत्रकारीताको मेरुदण्ड बनोस भन्दै अन्तर्राष्ट्रिय पत्रकार संघ (ईन्जा) परिवारले हार्दिक बधाई तथा शुभकामना ब्यक्त गरेको छ । अन्तर्राष्ट्रिय पत्रकार संघ (ईन्जा) का अध्यक्ष गुणराज लुइंटेलद्वारा नेप्लिज डायस्पोरालाई प्रेषित पत्रमा भनिएको छ:   'नेप्लिज डायस्पोरा डटकम' सामुदायिक पत्रकारीताको मेरुदण्ड बनोस! संचारकर्मी सतिश चापागाईंको सम्पादनमा आरम्भ भएको 'नेप्लिज डायस्पोरा डटकम'को सफलताका लागी अन्तर्राष्ट्रिय पत्रकार सङ्ह (ईन्जा) परिवार हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछ । अव्यवस्थित अवस्थामा रहेका नेपाली अनलाईन मिडियाहरुलाई उनीहरुको संस्थागत विकासमा सहयोग गर्दै व्यवस्थितरुपले अन्तर्राष्ट्रिय मूलधारको पत्रकारितामा समाहित गर्दै व्यवसायिक पत्रकारितातर्फ सहयोगी भूमिका खेल्ने इन्जाको उद्देश्य र नीति रहेकोले यस पवित्र उद्देश्यका लागि सहयोग, सदभाव र समन्वयका लागि ईन्जा परिवार तपाईसँग सहकार्य गर्न ईच्छुक रहेको जानकारी गराउदछु । अन्तमा, अनुशासित र मर्यादित पत्रकारीताका माध्यमबाट प्रवासमा रहेका नेपाली समुदायका गतिबिधीहरु, स्थानिय समाचार लगायत समाज निर्माणमा 'नेप्लिज डायस्पोरा डटकम' सामुदायिक पत्रकारीताको मेरुदण्ड बनोस, हाम्रो हार्दिक शुभकामना तथा सफलताका लागी कामना। धन्यवाद! गुणराज लुईटेल्- अध्यक्ष तथा ईन्जा परिवार

images
प्रकाशित मिति :भाद्र ११, २०७५ सोमवार - २०:४४:०३ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend