नेपालमा रहेका आफ्ना ३ सय बढी अमेरिकन नागरिकलाई बोकेर उडेको चार्टड विमान आज अमेरिकाको वासिंटन डिसीमा अवतरण हुने भएको छ । आज बेलुका ११ बजेर २५ मिनेट जाँदा वासिंटन डिसी मेट्रो एरियामा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरण हुन लागेको हो ।
अमेरिकी सरकारकाले नेपालमा रहेका आफ्ना नागरिकलाई अमेरिका ल्याउनका लागि चार्टड गरेको यो दोश्रो विमान हो । यसअगाडि ३०२ जना अमेरिकनलाई बोकेर नेपालबाट चार्टड विमान अमेरिका आइसकेको छ । बाँकी रहेकाहरुलाई आज ल्याइदै गरेको हो ।
काठमाडौंमा रहेको अमेरिकी दूतावासको पहलमा अमेरिकी विदेशमन्त्रालयले कतार एयरवेजको विमान चार्टड गरेको हो । उक्त विमान दोहा हुँदै अमेरिका आउने क्रममा रहेको छ । विमानमा नेपाली मुलका अमेरिकनहरु समेत रहेका छन् । चर्चित कलाकार सरोज खनाल पनि उक्त विमानमार्फत अमेरिका आउँदैछन् । अमेरिका जाने योजना गर्दागर्दै उनी नेपालमा नै अड्कीएका थिए ।
थप समाचार खसोखास डटकममा हेर्नुहोस