Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

साथी बाल्टिमोरले ब्यक्ति, बिद्यार्थी र ब्यापारीलाई सहयोग गर्दै

साथी बाल्टिमोरले ब्यक्ति, बिद्यार्थी र ब्यापारीलाई सहयोग गर्दै

नेप्लिज डायस्पोरा

२४, चैत्र २०७६
images
साथी बाल्टिमोरले मेरिल्याण्डमा रहेका साना ब्यापारीहरुलाई सरकारले दिने सुबिधाको फारम भर्न सहयोग गरिरहेको छ । संस्थाले अहिलेसम्म झन्डै तिसजना साना ब्यापारीहरुलाई सरकारी सुबिधा लिने फारम भर्न सहयोग गरेको छ । कति ब्यापार बन्द गर्नुपरेको र कति खुलेपनि बन्द जस्तै भएकोले अहिले ब्यापारीहरुलाई आफुहरुले सहयोग गरेको संस्थाका रमेश भट्ट नेपाली छोरोले बताउनु भयो । हालसम्म मेरिल्याण्डका २४ वटा ब्यापारीहरुले फारम भरेर सहयोग मागेकोमा ११ वटाको फारम सफलतापुर्बक भरिसकिएको साथी बाल्टिमोरका प्रबिण खड्काले जानकारी दिनुभयो । अन्य केहि ब्यापारीहरुले फारम नभरेपनि फोन मार्फत सामान्य सहयोग र जानकारी लिएको पनि बुझिएको छ । यो काममा साथी बाल्टिमोरलाई मेरिल्याण्डका यहि विषयका विज्ञहरुले सहयोग गर्नु भएको छ । जसमध्ये सिपीए उमेश पोख्रेल र सिपीए बिक्रम केसी लोन अफिसर सरोज कार्की र एकाउनटेन्ट किशोर श्रेष्ठको टीमले सहयोग गर्नुभएको हो । आफुहरुले व्यापारीका साथै डब्लुटु र 1099  मा काम गरिरहेका र अहिले काम छुटेकाहरुको बेरोजगारी फारम भरिरहेको र झन्डै ७० जनाको निबेदन आएकोमा W2 वालाको धेरैको काम भएको पनि खड्काले जानकारी दिनुभयो । 1099 मा काम गरिरहेकाहरुको फेडरल गाईड नआएकोले सहयोगको काम रोकिएको पनि खड्काले बताउनु भयो । डेलिगेट ह्यारी भण्डारीको कार्यालयकी कर्मचारी दिपा गुरुङको नेतृत्वमा बेरोजगार फारम भर्ने काम गरिएको साथी बाल्टिमोरले जनाएको छ । जसमा राजु श्रेष्ठ, लक्ष्मी भारती, विश्व किरण थापा, केनी शाह, निक किशोर अधिकारी, सुदर्शन पौडेल, राजेन श्रेष्ठ, भानु न्यौपाने र प्रबिण भण्डारीहरु स्वयंसेवकको रुपमा खटिएका छन् । कामको चाप बढिरहेको र स्वयंसेवकहरु पनि थपिदै गएको रमेश भट्टले जानकारी गराउनु भएको छ । "अझै फारम आउने क्रम रहेको । हामीले सक्दो सहयोग गर्ने छौं ।" भट्टले भन्नुभयो । साथी बाल्टिमोरले ब्यबसायी क्रिस घिमिरेको सहकार्यमा मोर्गेजको समस्या भएकाहरुलाई सेवा दिदै आएको छ । यसका साथै मेरिल्याण्डमा बिभिन्न कलेज र युनिभर्सिटीका बिद्यार्थीको समस्याका बारेमा काम भैरहेको प्रबिण खड्काले जानकारी दिनुभएको छ । बिद्यार्थीका लागि एनआरएनएको स्टुडेन्ट टास्क फोर्सका सहसंयोजक अनुप खनालसंग मिलर बिभिन्न सेवा र सहयोगका कार्य गरिरहेको पनि खड्काले बताउनु भयो । "बस्न र ग्रोसरी समस्या । कामको समस्या र रेगुलर काम बन्द भएको छ । उहाँहरुको वर्क परमिटको सुबिधा लिनका लागी डकुमेन्टेशन र प्रोसेसका कम शुरु गरेका छौं ।" "बिद्यार्थीहरु सह्योग माग्न आउनु भएको छ कतिले हामीलाई स्वयं सेवक बनेर सहयोग पानी गर्नुभएको छ ।" रमेश भट्ट नेपाली छोरोले भन्नुभयो, अब हामीले बिद्यार्थीहरुका समस्यामा अलि बढी केन्द्रित हुनेछौं ।" संस्थाले गत हप्ता बाल्टिमोरमा ४ हजार फेस मास्क वितरण गरेको थियो । बजारमा किन्न नपाएको बेला सुपथ मूल्यमा फेस मास्क उपलब्ध गराएकोमा यहाको नेपाली समुदाय खुशी देखिन्छ । साथी बाल्टिमोरले ब्यापारीहरुको समस्याका अतिरिक्त मोर्गेजका बारेमा पानी समुदायका नेपालीहरुलाई सहयोग गरिरहेको छ । मानिसहरु आफ्नै औषधि र ग्रोसरी किन्न बाहिर निस्कन नसकेको अवस्थामा आफ्नो स्वास्थ्य नै दाउमा लगाएर सामाजिक काममा सक्रिय भएकोमा साथी बाल्टिमोर र यसका स्वयंसेवकलाई बाल्टिमोरमा 'हिरो' को संज्ञा दिन थलिएको छ । अफ्ठेरो बेलामा साथी बाल्टिमोरको सहयोग लिन र यो संस्थामा आवद्द भएर सामाजिक सेवा गर्न तपाई पनि नछुट्नुहोस् ।  

images
प्रकाशित मिति :चैत्र २४, २०७६ सोमवार - १७:४०:०२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend