Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

एनआरएनए मिजौरी राज्यको क्यान्ससका २५ जना विद्यार्थीलाई राहत वितरण

एनआरएनए मिजौरी राज्यको क्यान्ससका २५ जना विद्यार्थीलाई राहत वितरण

नेप्लिज डायस्पोरा

३, बैशाख २०७७
images
  एनआरएनए अमेरिका, क्यान्सस च्याप्टरको पहलमा मिजौरी राज्यमा अवस्थित Truman State University मा अध्ययनरत् २५ जना विद्यार्थीहरूलाई दैनिक उपभोग्य सामग्रीहरू उपलब्ध गराईएको छ। विपतको यो समयमा प्रतिकुल अवस्थामा पनि कन्सासबाट झण्डैं ३ घण्टा टाढा पुगेर कन्सास च्याप्टरका अध्यक्ष फिलिप केसी, उपाध्यक्ष उत्तम बस्नेत तथा एनआरएनए, अमेरिकाका सल्लाहकार हरिहर पौडेलले बिद्यार्थीहरुलाई राहत सामग्री वितरण गर्नुभएको हो । विगतदेखि नैं क्यान्सस च्याप्टरले बिद्यार्थीलाई सहयोग गर्दै आएको थियो । त्यसैगरी, विद्यार्थीहरूलाई पर्ने समस्याहरुमा आफ्नो ठाउँबाट अनवरत सहयोग गरिरहनु भएको भन्दै डा. राजन पन्त, र COVID-19 Student Response Team, Mid-West Region को नेतृत्व गरिरहनु भएका गोपेन्द्र भट्टराई, डा. केशब भट्टराई लगायत सम्पूर्ण सहयोगीहरुलाइ हार्दिक धन्यवाद ब्यक्त गरेको छ । नेपाली समुदायका सदस्यहरूलाई अप्ठेरो परेको बेला यो सहयोग गर्ने अहोभाग्य मिलेकोमा सन्तोष महशुश भएको डाक्टर राजन पन्त बताउनु भएको छ । उहाँले "यस क्रममा NRNA USA Student Taskforce को संयोजन र NRNA Kansas Team का साथीहरुले आफ्नो कुनै परबाह नगरी स्टोर स्टोरमा गएर आफै किनमेल गरीकन करिब ७ घण्टा ड्राइभ गरी आफै खटेर २५ जनालाई एक महिना बढिलाई पुग्ने ग्रोसरी लगायतका सामान डेलिभरी गर्नुभएको र NRNA नेपाली समुदायको दुःखको साथी हो भन्ने प्रमाणित गर्न योगदान दिनु भएका सबै मित्रहरु प्रशंशाका पात्र हुनुहुन्छ।" भन्नुभयो। आगामी दिनमा पनि नेपाली विद्यार्थीहरूलाई आइपर्ने विभिन्न समस्याको समाधानका लागि NRNA STUDENT TASK-FORCE ले उहाँहरूबाट साथ, सहयोग र सहकार्यको अपेक्षा राखेको टास्क फोर्सका संयोजक त्रिभुवन पाण्डेले नेप्लिज डायस्पोरासंगको कुराकानीमा बताउनु भयो ।

images
प्रकाशित मिति :बैशाख ३, २०७७ बुधवार - १६:४८:४० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend