६, बैशाख २०७७
नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव तथा कोरोना संक्रमित समुदायका लागि सरकारी सहयोग तथा श्रोत परिचालन समिति संयोजक मुनिन्द्र नेम्बाङले सार्बजनिक रुपमा आफूमाथि लागेका आरोपहरु मिथ्या भएको बताउनु भएको छ ।
"हामी बिशुद्द रुपमा सेवामा छौं । राजनीतिको कुरा हामीले सोचेका पनि छैनौं तर अनावश्यक रुपमा जे कुरा सार्बजनिक भएको छ त्यसमा कुनै सत्यता छैन ।" नेम्बाङ भन्नुभयो ।
"जे आएको छ त्यो नियोजित रुपमा आएको छ । मेरो बिरुद्धमा बेला बेलामा लेख्नेहरुका लागि कुनै गुनासो छैन तर छाप्ने मिडियाले एक पटक मलाई सम्पर्क गर्नुपर्थ्यो । मेरो व्यक्तिगत र सामाजिक चरित्र हत्या गर्दै गर्दा एक पक्षिय कुरा लेख्नु पत्रकारिता कै धर्म विपरित भएको मेरो ठम्याई छ ।"नेप्लिज डायस्पोरासंग कुरा गर्दै नेम्बाङले भन्नुभयो ।
मुनिन्द्र नेम्बाङले जारी गर्नुभएको प्रेस बिज्ञप्ति
अहिले सामाजीक सन्जालमा म र म आवद्ध रहेको सॅस्था नेपाली जनसम्पर्क समिति अमेरिका सम्बन्धी केही अनलाइन मिडीया मार्फत मेरो चरित्र हत्या गर्ने र सिंगो संगठनलाई नै बदनाम गराउने मनसायले भ्रामक, कपोकल्पित गलत समाचार अतिरंजित ढंगले प्रचार प्रसार गर्ने दुष्प्रयास गरिएको प्रति मेरो घोर आपत्ति सहित गम्भीर ध्यान आकर्षण भएको छ । यो महाविपत्तिको वेलामा मानवीय संवेदनशिलताको ख्यालै नगरी समाजसेवाको यो पवित्र कार्यमा अवरोध सृजना गर्नेहरूप्रति दु:ख व्यक्त गर्दै, जनसम्पर्क समितिका सम्पुर्ण साथिहरू, सामाजिक अभियन्ताहरू र आम नागरिक समाजलाई यो गलत र अतिरंजित ढंगले प्रेसित समाचारको विश्वास नगर्न र संयम भएर भ्रममा नपरी आफ्नो सहयोगी भुमिकालाई अझ प्रभावकारी ढंगले अगाडि बढाउन यसै विज्ञप्ति मार्फत सर्वप्रथम अनुरोध गर्दछु र सृजना गरिएका केही भ्रमहरूलाई प्रष्ट पार्न चाॅहन्छु ।
अहिले विश्व नै Covid-19 को संक्रमणबाट स्तब्ध बनेको छ । विश्व मानवले नै अति कष्ट र संकट झेलिरहेको यो महामारीबाट अमेरिकाको जनजीवनलाई अझबडी अस्तव्यस्त बनाएको छ । यस संवेदनशील र महाविपत्तीको घडीमा अमेरिकामा वसोवास गर्ने आम नेपालीलाई यो संक्रमणबाट कसरी जोगाउन सकिन्छ भन्नेमा हामी सबै चिन्तित भएका छौ । यीनै कुरालाई ध्यानमा राखेर नेपाली जनसम्पर्क समिति अमेरिकाले गत मार्च २३ तारिख सोमवारको दिन बसेको केन्द्रीय समिति र सबै च्याप्टर सभापतिहरूको सम्युक्त कन्फरेन्स बैठकले विभिन्न परामर्श समितिहरू गठन गरी सरकारी सहयोग तथा श्रोत परिचालन समितिको संयोजकको जिम्मेवारी मलाई दिएको थियो । मैले जिम्मेवारी पाएपछि समितिलाई अझ प्रभावकारी ढंगले स्थानीय तहमा सकृय बनाउनका लागि सबै राज्यको स्थानीय च्याप्टरहरूमा जनसम्पर्कका साथिहरू, समाजिक अभियन्ता र बिज्ञहरू समेत सम्मेलित समिति गठन गरेको कुरा यहाॅहरूलाई अवगत नै छ । त्यसै मध्येको एक न्यूयोर्कको समिति पनि हो । यस समितिले सरकारी सहयोग र श्रोत परिचालनको बारेमा राज्यको सम्बन्धित निकायसंग जानकारी लिने र प्राप्त जानकारी आम न्यूयोर्कवासीलाई गराउॅदै जाने मुख्य उदेश्य हो ।
न्यूयोर्कमा हाम्रो समुदायको बसोवास बाक्लो छ ।अहिले कोरोना महामारीको केन्द्र बिन्दु न्यूयोर्क शहर बनिरहेको वेलामा यो प्रलयले हामी सबैलाई अक्रान्त पारीरहेको छ। यसले कसैलाई चिन्दैन, महामारीको क्रुर चपेटामा हामी सबै परिरहेका छौ । आज कसैलाई विपत परेको छ, भोली मलाई नहोला भन्ने अवस्था छैन। समुदायमा संक्रमित र मृत्यूबरण गर्ने सदस्यहरूको संख्या दिनदिनै बढिरहेको छ । यसको प्रत्यक्ष पीडा हामीले भोगिसकेका छौ। संक्रमितलाई कति धेरै पीडा हुन्छ भन्ने बुझेका छौ । यो महाविपत्तिको वेलामा कसरी हुन्छ समुदायका पीडित सदस्यहरूलाई जतिसक्दो चाॅडो सहयोग गर्ने यस समितिको कर्तव्य हो । त्यसैले न्यूयोर्कका समितिले सरकारी श्रोत परिचालनको लागि यहाॅको सरकारी निकायका व्यक्तिहरूसंग जतिसक्दो चाॅडो कन्फरेन्स बैठक बोलाउनु पर्ने र बोलाउॅदा संस्थाको लेटरहेड मार्फत अनिवार्य पत्र लेख्नु पर्ने वाध्यात्मक र हतारको अवस्थामा टाक्स फोर्सले पत्रचारका निमित्त मात्र संस्थाको लेटर हेड प्रयोग गरेको हो । सो वाहेक उक्त लेटरहेड प्रयोग गरेर कुनै पनि किसिमको आर्थिक कारोबारको लागि पत्रचार नगरेको व्यहोरा यसै विज्ञप्ति मार्फत जानकारी गराउदछु । साथै समितिको केन्दीय सभापति आनन्द बिष्टको निर्देशन र परामर्श पछि भने कुनै पनि प्रयोजनका लागि लेटरहेड मार्फत पत्रचार नगरिएको व्यहोरा समेत स्पष्ट पार्न चाॅहन्छु ।
यो विपत्तिको वेलामा जसरी पनि समुदायको संक्रमित सदस्यहरूलाई, मृत्यू भएकाका परिवारलाई र आमसमुदायलाई नै जति सक्दो चाॅडो सहयोग गर्नु पर्छ भन्ने हाम्रो मान्यता हो । समितिमा को रहे रहेन भन्ने कुरा गौण हुन मुख्य कुरा लक्षित पीडितलाई सहयोग पुग्यो, पुगेन त्यो ठुलो कुरा हो यो विपत्तिको संवेदनशील घडीमा । केही ढिलाई भएर हाम्रै साथिको ज्यान गएको छ यो रोगबाट हामी पछुताएका छौ।ज्यान गुमाएकाहरूको लागि दाहसस्कार गर्दा गाह्रो परेको पीडा म संग ताजै छ । कोरोना पीडितले आवश्यक सामाग्रीहरू नपाएर छटपट्टिरहेको छन् । यी र यस्तै समस्याहरू लिएर न्यूयोर्कका समितिले समाधानको खोजी गर्न सरकारी निकायसंग कन्फरेन्स बैठक बसेका हुन । आम हाम्रो समुदायलाई छिटो महामारीबाट बचाउनका निमित्त हामीले जाति, पार्टी, धर्म, धनी, गरिब, गोरो कालो केही नहेरी मानवताको नाताले सहयोग गरेका छौ र गरिरहन्छौ । त्यसैले यो विपत्तिको वेलामा साना मसिना कुरालाई भुलेर, सिंगो समुदायलाई नै जोगाउन लागि एकजुट हुन सबैलाई बिनम्र आग्रह गर्दछु। यसबाट म कतिपनि चिन्तित छैन, यो विपत्तिको वेलामा अझबडी समाज र आम समुदायको लागि आफूलाई समर्पित गर्ने उर्जा मिलेको छ । समाजसेवा प्रति मेरो निरन्त्रतामा अझ तिव्रता बढेर जानेछ ।
अन्त्यमा ज्यानको बाजी लगाएर खटिरहनु भएका सबै, सबैलाई सम्मान प्रकट गर्दछु र आम नागकिक समाज, सामाजिक अभियन्ता, नेजसअका सबै साथिहरूका साथै यस समितिमा रहेर सकृय भुमिका निर्वाह गर्नुहुने सम्पूर्ण साथिहरूलाई उच्चमनोबलका साथ सतर्कता अपनाई कोरोना पीडित भएकाहरूको सेवाको लागि कृयाशिल रहन आग्रह गर्दछु । यो विषम परिस्थितिमा हामीलाई माया, सहयोग सदभाव प्रकट गर्ने सबै प्रति यसै बिज्ञप्ति मार्फत आभार व्यक्त गर्दै, आगामी दिनमा पनि यहाॅहरूको पूर्ण साथ सहयोग र समर्थनको अपेक्षा गर्दछौ ।
धन्यबाद जयनेपाल!
“कोरोना विरुद्धको संघर्षमा हामी सबै एक छौं। बाॅचौं र बचाऔं ।”
मुनिन्द्र नेम्बाङ
महासचिव तथा, संयोजक
कोरोना संक्रमित समुदायका लागि
सरकारी सहयोग तथा श्रोत परिचालन समिति
नेपाली जनसम्पर्क समिति अमेरिका ।राजनीति "
https://youtu.be/UzL5FOvCu7g
प्रकाशित मिति :बैशाख ६, २०७७ शनिवार -
१३:३३:०३ बजे