Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

कोरोना भ्याक्सिन बनाएको इजरायलका रक्षामन्त्रीको घोषणा, उत्पादन प्रक्रिया सुरु

कोरोना भ्याक्सिन बनाएको इजरायलका रक्षामन्त्रीको घोषणा, उत्पादन प्रक्रिया सुरु

नेप्लिज डायस्पोरा

२४, बैशाख २०७७
images
काठमाडौं। आफ्नो प्रविधिको लागि प्रसिद्ध देश इजरायलले कोरोनाभाइरसको भ्याक्सिन बनाएको दावी गरेको छ । यो दावी इजरायलका रक्षामन्त्री नेफ्ताली बेन्नेटले गरेका हुन् । बेन्नेटका अनुसार इजरायल इन्स्टिच्युट फर बायोलोजिकल रिसर्च (आइआइबीआर)ले कोरोनाभाइरसको एन्टिबडी विकसित गर्ने काममा सफलता हासिल गरेको हो । इजरायलका रक्षामन्त्री नेफ्ताली बेन्नेटले सोमबार इजरायलको आइआइबीआर संस्थानले कोरोनाभाइरसविरुद्धको भ्याक्सिन विकसित गरेको दावी गरेका हुन् । यो संस्थानले एन्टिबडी विकसित गरेको हो । रक्षामन्त्री बेन्नेटका अनुसार भ्याक्सिन विकासको चरण पूरा भइसकेको छ । अब यसको पेटेन्ट र ठूलो परिमाणमा उत्पादनको तयारी सुरु भइसकेको छ । आइआइबीआर इजरायलको निकै गुप्त संस्थान हो । यहाँ हुने प्रयोगहरुको बारेमा बाहिरी संसारले धेरै जानकारी पाउँदैन । तर, नेस जियोना इलाकामा रहेको यो प्रयोगशालाको निरीक्षण गरेर फर्केपछि रक्षामन्त्री नेफ्ताली बेन्नेटले भ्याक्सिन बनेको खुसीको खबर विश्वभरका मानिसहरुलाई दिएका हुन् । यो समाचार टाइम्स अफ इजरायल, जेरुसेलम पोस्ट, एरियाना न्यूज लगायतका कैयौं मिडिया संस्थानहरुले प्रकाशित गरेका छन् । रक्षामन्त्री बेन्नेटका अनुसार यो एन्टिबडीले मोनोक्लोनल तरिकाले कोरोनाभाइरसमाथि आक्रमण गर्छ । यसले बिरामी व्यक्तिको शरीरभित्र नै भाइरसलाई नष्ट गरिदिन्छ । त्यसपछि भाइरस शरीरको अन्य भाग वा अर्को मानिसमा फैलिन पाउँदैन । इजरायलको इन्स्टिच्युट फर बायोलोजिकल रिसर्च देशको रक्षा मन्त्रालयको मातहत हुन्छ । यो प्रयोगशालाले अब भ्याक्सिनको पेटेन्ट गराउने प्रक्रिया सुरु गरेको छ । त्यसपछि यसको ठूलो परिमाणमा उत्पादन सुरु गरिनेछ । बेन्नेटले भने ‘अन्तर्राष्ट्रिय स्तरमा यसको उत्पादनको लागि हामी विश्वभरका कम्पनीहरुसँग कुरा गर्नेछौं । मलाई इजरायल इन्स्टिच्युट फर बायोलोजिकल रिसर्चको पूरै टिममाथि धेरै गर्व छ ।’ यद्यपि बेन्नेटले आफ्नो बयानमा यो बताएनन् कि यो भ्याक्सिनको क्लिनिकल ट्रायल वा ह्युमन ट्रायल भएको हो वा होइन । रक्षामन्त्री बेन्नेटले भने ‘इजरायल आफ्ना नागरिकको स्वास्थ्य र अर्थतन्त्रलाई सन्तुलनमा राख्ने प्रयास गरिरहेको छ ।’ यो दावी यदि सत्य भएमा कोरोनाभाइरसका कारण छटपटाइरहेको विश्वको लागि धेरै ठूलो राहत हुनेछ । विश्वभरमा अहिलेसम्म कोरोनाभाइरसका कारण २ लाख ५२ हजारभन्दा धेरैको ज्यान गइसकेको छ । ३६ लाखभन्दा धेरै कोरोनाभाइरसबाट संक्रमित भएका छन् । विश्वभरी १०० भन्दा धेरै वैज्ञानिक टिमहरु भ्याक्सिन विकसित गर्नको लागि काम गरिरहेका छन् । बेलायतको अक्सफोर्ड विश्वविद्यालयले सबैभन्दा ठूलो ह्युमन ट्रायल गरिरहेको छ । चीन, अमेरिकामा पनि यसको ट्रायल चलिरहेको छ । उज्ज्यालोडेलीबाट

images
प्रकाशित मिति :बैशाख २४, २०७७ बुधवार - १६:२०:३६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend