Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

संचारकर्मी प्रदिप परियार थापालाई मातृशोक

संचारकर्मी प्रदिप परियार थापालाई मातृशोक

नेप्लिज डायस्पोरा

३१, बैशाख २०७७
images
न्युयोर्कमा रहेर सक्रिय संचारकर्मी तथा युएसनेपालअनलाईनडटकमको प्रधान सम्पादक प्रदिप परियार थापालाई मातृशोक परेको छ। संचारकर्मी थापाकी पूज्यनिय माताको र एनआरएनए आइसिसि सदस्य बिष्णु माया परियारकी सासु आमा तिली थापा मगरको ८७ बर्षको उमेरमा नेपालमा निधन भएको हो। यही मे ११ तारिख नेपाली समयअनुसार ( मे १० ) बेलुकी साढे पांच बजे निधन भएका आमाको पार्थिब शरीरलाई गुल्मी जिल्लामा रहेको आफ्नै घर मुनी ५०० मिटरको दुरीमा रहेको कालीगण्डकीको किनारमा अन्तिम दाहसंस्कार सम्पन्न गरिसकिएको पारिवारिक स्रोतले जनाएको छ। काठमाडौँ, भारत, हंगकंग, कोरिया, सिंगापुर, ब्रुनाई, बेलायत र अमेरिकामा रहेका तिलिमाया छोरा, बुहारी, छोरी, ज्वाई, नाती, नतिना आफन्तहरु कोरोनाको लकडाउनको कारणले सम्पूर्ण यातायात बन्द रहेकोले दाहसंस्कारमा उपस्थित हुन पाएनन्। केही बर्ष पहिले, आफु नेपाल जाँदा ८४ बर्ष पुगेर ८५ लागेका आमाले ” म अजम्बरी छु , म मर्दिन बाबु ” भनेको छोरा संचारकर्मी थापाले सम्झना गर्छन्। जीवनभर मासु नखाएर साकाहारी बसेकी आमा बिगत एक महिना देखी बिरामी हुनुहुन्थ्यो। बिरामी भएको झण्डै एकमहिनापछि आमाको निधन भएको हो । पन्ध्रौं दिनमा फेसटाईममा राम्ररी बोल्दै आमाले सबैलाई आशिर्वाद दिनुभएको प्रदीपले सामाजिक सञ्जालमा लेखेका थिए । ‘आमाले सन् २०१५ मा नेपाल जाँदा चौरासी कटेसी म मर्दिन, अजम्बरी हुन्छु भन्नुभएको भन्दै प्रदीपले लेखेका थिए आमा अहिले ८७ लागिन्, खानै नखाई यतिका दिन बाँचेर फेरी जिउने सुर कसिन्। धन्य हुन् हाम्री आमा। जुग जिउनु छ आमा अझै। खाना खान शुरू गर्नु ल।’ प्रदीपले लेखेका थिए । अमेरिकाका नेपाली जनजाती संगठनहरुको छाता संगठन नेपाल आदिबासी जनजाती महासंघका FIPNA का पुर्ब सल्लाहकार तथा मगर संघ अमेरिकाका समेत पुर्ब सल्लाहकार प्रदिप परियार थापाले लामो समयसम्म दलित तथा आदिबासी जनजातीको आवाज बुलन्द गर्ने ब्यक्ति हुन् । नेप्लिज डायस्पोरा परिवार स्वर्गीय तिली थापाको आत्माको चीर शान्तिको कामना गर्दै शोक-सन्तप्त परिवार प्रति हार्दिक समबेदना ब्यक्त गर्दछौं ।

images
प्रकाशित मिति :बैशाख ३१, २०७७ बुधवार - ०७:३१:१९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend