Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

अलपत्र परेका नेपालीलाई बेवास्ता गर्ने खेदजनक : रमेश लेखक

अलपत्र परेका नेपालीलाई बेवास्ता गर्ने खेदजनक : रमेश लेखक

images
  काठमाडौं । नेपाली काँग्रेसका नेता तथा पूर्व श्रम मन्त्री रमेश लेखकले विदेशमा अल्पत्र परेका नेपालीप्रति सरकारको व्यवहार खेदजनक भएको टिप्पणी गर्नुभएको छ । आफ्ना नागरिकलाई दुःखमा साथ दिनु सरकारको आधारभूत दायित्व भएको बताउदै उहाँले विदेशमा अल्पत्र परेकाहरुलाई जतिसक्दो चाँडो उद्धार गर्नु पर्नेमा जोड दिनुभयो । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषी धमलासंग कुराकानी गर्दै उनीहरुलाई व्यवस्थीत रुपमा नेपाल फर्काउने र क्वारेन्टाइनमा राखेर सुरक्षित तरिकाले आफ्नो घर पठाउने व्यवस्था गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले सिमानाबाट हुने अनियन्त्रीत आवतजावतलाई पूर्ण रुपमा बन्द गराउनु पर्नेमा हेलचक्रयाई भइरहेको आरोप लगाउनुभयो । कानुनविद् तथा पूर्व कानुनमन्त्री समेत रहेका नेता लेखकले कोरोनाभाइरसको महामारी नियन्त्रणका लागि सरकारले अप्नाएको कानुन पनि गलत भएको टिप्प्णी गर्नुभयो । उहाँले भाइरसको संक्रमण, रोगको महामारी नियन्त्रण तथा व्यवस्थापनका लागि २०७४ मा बनेको कानुनलई प्रयोग नगरेर सरकारले २००३ सालमा बनेको अपुर्ण कानुनलाई अप्नाएको बताउनु भयो । पुरानो कानुनलाई अप्नाएकाले कतिपय नयाँ व्यवहारिक समस्या उत्पन्न भएको र त्यसको फाईदा उठाउदै अनियमितिताहरु पनि भइरहेको नेता लेखकको दावी छ ।

images
प्रकाशित मिति :जेठ ६, २०७७ मंगलवार - २१:५७:३४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend