Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

एनआरएनए अमेरिकाको पहलमा बाल्टिमोरको एकै परिवारलाई बाईस सय डलर नगद राहत प्रदान

एनआरएनए अमेरिकाको पहलमा बाल्टिमोरको एकै परिवारलाई बाईस सय डलर नगद राहत प्रदान

images
कोभिड-19 बाट एकै घरका पांच जना नेपाली प्रभावित भएपछि मेरिल्याण्डका संघसंस्था र ब्यक्तिहरुले आकस्मिक सहयोग संकलन गरेर परिवारलाई हस्तान्तरण गरेका छन। मेरिल्याण्डमा केहि बर्षदेखि बस्दै आएको यो परिवार भुटानी नेपाली परिवार हो। एकै परिवारका ६ जना सदस्य मध्ये ५ जना सदस्य कोभिड-19 संक्रमित र १ जनाको स्थिति अझै अज्ञात रहेको र परिवारलाई सहयोगको खाँचो रहेको जानकारी समाजसेवी विनोद उप्रेतीले बाल्टिमोरका बिभिन्न सामाजिक संस्थाहरुलाई गराएपछि यहाका सबैजनाको आकस्मिक बैठक बसेको थियो। एनआरएनए अमेरिकाको मेरिल्याण्ड च्याप्टरका अध्यक्ष डोलनाथ घिमिरेले अवस्थाको जानकारी पाउने बित्तिकै सबै संघसंस्थाहरुको भर्चुअल बैठक बोलाउनु भएको थियो । "कुरा थाहा पाउने बित्तिकै आकस्मिक Conference meeting गरी उक्त परिवारको दुख कष्टको प्रत्यक्ष्य रूपमा जानकारी लिएर पिडित परिवारको राहतका लागि मेरिल्याण्डका सबै संघसंस्थालाई खबर गरें। सबैजना तत्काल उपलब्ध पनि हुनुभयो" अध्यक्ष घिमिरेले भन्नुभयो, "केहि सामाजिक व्यक्तित्वहरुले पनि आर्थिक सहयोग गर्नुभयो। एक बैठकबाट २२ सय डलर उठाएर तत्कालै बुझाएका छौं। मिटिड०मा उपस्थित हुन नसक्नु भएका थप सहयोगी महानुभावहरूले पनि रकम Transfer गरेर यस जनहितको कार्यमा एकबध्दता जनाइ रहनु भएको छ ।" एआरएनए अमेरिका मेरिल्याण्ड च्याप्टरका अध्यक्ष डोलनाथ घिमिरेले दिएको जानकारी अनुसार निम्न संस्था र ब्यक्तिहरुले निम्न अनुसारको सहयोग गर्नुभएको थियो। साथै एनआरएनए मेरिल्याण्ड च्याप्टर उपाध्यक्ष राजु पराजुलीले पिडित परिवारलाई १५ दिनको लागि बिहान बेलुकाको खाना उपलब्ध गराउने कुरा पनि जानकारी गराउनुभएको थियो ।   श्री कृष्णजीबी पन्त-$३०५ श्री डोलनाथ घिमिरे- $१०१ श्री प्रभुराम थापा - $१०० श्री राजन त्रिपाठी- $१०५ श्री सुबोध पन्त (अध्यक्ष बाना)- $१०० श्री रमेश भट्ट(साथि बाल्टिमोर) -$२०० डा.उत्तम गौली -$१०० श्री ध्रुब वन्त -$३०१ श्री राजु पराजुली-$१०१ NRNA NCC USA-$३०० बेनामी (Anonymous)-$५००

images
प्रकाशित मिति :जेठ ८, २०७७ बिहिवार - १९:१५:१४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend