Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

कलाकार शिव परियार भन्छन् : दलित शब्द खारेज गरियोस

कलाकार शिव परियार भन्छन् : दलित शब्द खारेज गरियोस

नेप्लिज डायस्पोरा

१५, जेठ २०७७
images
काठमाडौं । जाजरकोटका एक युवा नवराज विकको अन्तरजातिय प्रेमका कारण हत्या भएपछि सामाजिक सञ्जालमा पक्ष बिपक्षमा प्रतिक्रीयाहरू आईरहेका छन् । केटा पक्षकाले जातिय आधारमै हिसां भएको भनेको छ भने केटी पक्षकाले आफनो चेलि जवरवस्त आक्रमण आएकोले सुरक्षा दिदा झडप भएर यस्ता घटना घटेको प्रतिक्रीया दिईरहेको बेला देशमा बिभीन्न क्षेत्रका कलाकर्मीले निकै मार्मिक प्रतिक्रीयाहरु दिएका छन् । यसैबिच चर्चित कलाकार शिब परियारले यो दलित भन्ने शव्द नै खारेज गर्नेुपर्ने माग गरेका छन् । परियारले सामाजिक सञ्जालमा स्टाटस लेख्दै यस्तो प्रतिक्रीया दिएका हुन् । उनले लेखेको स्टाटस जस्ताको तस्तै : जब सम्बोधन शब्द नै निच शब्द छ, तब समानता कसरी सम्भव हुन्छ ? जातिय उत्पिडनमा परेका बर्गहरुको सम्बोधनमा प्रयोग गरिने “दलित” शब्द खारेज गरियोस । यो शब्दको उच्चारण र प्रयोगले पनि मान्छे मान्छे बिचमा बिभेद बढाउन मद्दत गरेको महशुस भएको छ । दलित सम्बोधनको साटो समग्र जातिय उत्पीडनमा परेका नेपालीहरुको सम्बन्धमा सम्मानजनक शब्दको ब्यवस्था गरियोस । उत्पिडनमा परेका वर्गहरुको शैक्षिक र सामाजिक अवस्था सुधारोन्मुख परिवर्तनका लागि नेपाल सरकारले उल्लेखनिय भुमिका खेलोस् । नेपाल सरकार र सम्पूर्ण उत्पीडित वर्गको समानताको लागि आवाज उठाउने निकाय, संस्था, अभियानकर्ता र व्यक्तिहरुमा म लगायत सबैको सादर अनुरोध।

images
प्रकाशित मिति :जेठ १५, २०७७ बिहिवार - ०३:४५:५० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend