Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

समाजसेवी मीन चोखाल मुख्यसापको पहलमा धनगढीमा राहत बितरण

समाजसेवी मीन चोखाल मुख्यसापको पहलमा धनगढीमा राहत बितरण

नेप्लिज डायस्पोरा

२४, जेठ २०७७
images
समाजसेवी मीन चोखाल मुख्यसापको पहलमा धनगढीमा राहत बितरण


धनगढी


बेलायतको ‘नेपाली वेल्फेयर सोसाइटी यूके’ संग पहल गरेर धनगढी युवा समाजसेवी मीन चोखाल मुख्यसापले यहाँका ४० परिवारलाई १ महिनासम्म पुग्ने राहत वितरण गरेको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ११ का विपन्न वर्गका ती परिवारलाई सोसाइटीले राहतस्वरुप खाद्यान्न वितरण गरेको हो। सरकारले लकडाउन गरेको साढे २ महिना पुग्दै गर्दा यतिबेला रोजगारी गुमेर दैनिक खर्च चलाउन समस्यामा परेका नागरिकहरुलाई सामान्य गुजारा तार्न पनि अफ्ठेरो भएको बेला मीन चोखाल मुख्यसापले यो पहल गरेका हुन्।

अफ्ठेरोमा परेका श्रमिकलाइ केही राहत पुगोस भन्ने उद्देश्यले राहत वितरण गरिएको नेपाली वेलफेयर सोसाईटी युकेका अध्यक्ष एवं एनआरएन युके सदस्य धनबहादुर सार्कीले बताए ।

लकडाउनका कारण रोजिरोटी गुमेपछि समस्यामा परेका परिवारलाई सोसाइटीलेप्रति परिवार एक बोरा चामल, तीन केजी दाल, तेल एक लिटर र एक पोका नुन उपलब्ध गराएको हो । विपतका वेला राज्यले समेत सबैलाई सहयोग उपलब्ध गराउन नसकिरहेका वेला राहत सहयोग गरिएको सोसाइटीका सल्लाहकार डाक्टर बुद्धि नेपालीले जानकारी दिए ।

1.jpg

 

राहत वितरण भिडियो कन्फरेन्स जुममार्फत गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका सचिव जीत रानाभाटले संचालन गरेको कार्यक्रममा नेपाली वेलफेयर सोसाईटी युकेका अध्यक्ष एवं एनआरएन युके सदस्य धनबहादुर सार्कीको अध्यक्षतमा सम्पन्न भएको हो ।

 

राहत बितरण कार्यक्रमका प्रमुख अतिथि कैलाहली निर्वाचन क्षेत्र न.५ का प्रतिनिधि सभा सदस्य नारदमुनि रानाले कोरोना बिरुद्धको लडाइँमा स्वदेश तथा बिदेशमा रहेका नेपालीहरुको न्यानो साथ र भुमिका महत्वपूर्ण हुने बताउदै नेपाली वेलफेयर सोसाइटी युकेप्रति आभार व्यक्त गरे ।

कार्यक्रममा डा. बुद्धि नेपाली कार्यकारी निर्देशक नेपाल सरकार, संघिय मामिला तथा सामान्य प्रसासन मन्त्रालय उपेक्षित उत्पीडित र दलितबर्ग उत्थान विकास समिति (इङल्यान्ड राज्य समन्वय परिसद एनआरएन युकेका उपाध्यक्ष लालबहादुर गुरुङ ,सृजनशिल लेसटर नेपाल युकेका पुर्ब अध्यक्ष एबम गैर आवासीय नेपाली संघ (एनआरएनए) युके अभियन्ता पशुपति पोख्रेल,धनगढी(११ का अध्यक्ष गंगाराम राना, समाजसेवी युबा मीन चोखाल, दलित अगुवा चन्द्रा मग्राती, कैलाली जिल्ला जितबहादुर राना कांग्रेस पार्टीका प्रतिनिधि, ध्रुब हरी बाँस्कोटा कोषाध्यक्ष, ईङ्गल्याण्ड राज्य सामन्य परिषद, गैर आवासीय नेपाली संघ युके तथा संस्थापक अध्यक्ष, क्रोयडन नेपाली कम्युनिटी युके,धर्म तामांग गोरखा भूतपूर्व सैनिक संघ (गेसो) कार्यबाहक सभापती, बिक्रम भट्टराई शिब कलचरल एंड कम्युनिटी सेन्टर युके, पत्रकार शिब भण्डारी, दाङ्गबाट संचारकर्मी सौरब छेत्री लगायतले जुममार्फत सम्बोधन गरेका थिए ।

1.jpg

सस्थाका अध्यक्ष धनबहादुर सार्कीले भौतिकरुपमा आफुहरु बेलायतमा रहे पनि नेपाली मन आफ्नै मातृभुमीमा रहेको बताउदै कोरोनाको संकटमा मातृभुमीप्रतिको कर्तव्य निरन्तर पूरा गर्ने प्रतिबद्धता ब्यक्त गरे । सस्थाले यस अघि उदयपुरको भुल्के, सप्तरीको कन्चनपुर् ५ चितवनको घैलाघारी, स्याङ्जाको पुतलीबजार, बाकेको नेपालगन्ज र कैलालीको धनगढीमा समेत जम्मा १६२ कोरोनाका कारण लक्डाउन बाट प्रभावित बिपन्न घरपरिवारलाई एक महिना पुग्ने राह्त उपलब्ध गराएको थियो ।

प्रवासी नेपाली एकता मञ्च अमेरिकाको केन्द्रिय समितीको वैठकले संगठन विस्तारका लागि संवाद सहमति र सहकार्यको निम्ती राधाकृष्ण देउजाको नेतृत्वमा कार्यदल निर्माण गरेको छ । देउजाको संयोजकत्वमा बनाइएको टिममा संगठनका वरिष्ठ नेता भिम कार्की, उपाध्यक्ष सिता खरेल, महासचिव शंकर पन्त र प्रवक्ता कमल ओझा सम्मिलित छन्।

वैठकले संगठनले अहिलेसम्म गर्दै आएको सामाजिक र सांगठानिक कार्यहरुको समिक्षा गरेको थियो । सवै मिलेर निष्ठापुर्वक गरेको सामाजिक कामले गर्दा संगठन लोकप्रिय हुँदै गएको बैठकले निष्कर्ष निकालेको छ ।

संगठनको सकृयता र लोकप्रियतालाई व्यापक बनाउन संगठनको नाम , नीति र कार्यक्रमहरु प्रति आस्था राख्ने सवैलाई आवद्धता सहितको सक्रियताको ग्यारेण्टी गर्न आवश्यक साथीहरुससँग सर सल्लाहका लागि टिम बनाइएको मञ्चका संयोजक टेक गुरुङले जानकारी दिए ।

विगतमा प्रवासी नेपाली एकता मंच र जनप्रगतिशील मंचको एकता गर्ने कार्यदलमा समेत रहेका देउजाको संयोजनमा बनेको टिमले प्रवासी नेपाली एकता मञ्चलाई सुदृढ एकता सहितको व्यापकतामा लैजाने आफूले विश्वास गरेको र टिमलाई सर्वाधिकार दिइएको गुरुङले जानकारी दिए ।

अमेरिकामा कोरोनाको महामारीबाट प्रभावित नेपालीहरुलाई प्रवासी नेपाली एकता मञ्च अमेरिकाको पहलमा उल्लेख्य सहयोग गरिदै आएको छ । न्युयोर्कमा कोरोनाबिरुद्ध सचेतना एवं सहयोग समूहसँग मिलेर र छुट्टै समेत मञ्चले सहयोग उपलब्ध गराएको छ ।

 

images
प्रकाशित मिति :जेठ २४, २०७७ शनिवार - ०८:०७:४१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend