अगष्ट २८, बोस्टन
नेपालीअमेरिकन बिज्ञहरुको संस्था युएस नेपाल पोलिसी सेन्टरको तेस्रो वार्षिक सम्मेलन र बोर्ड बैठक बोस्टन शहरमा सम्पन्न भएको छ।
बोस्टन को हावार्ड विश्वविध्यालय मेडिकल स्कूलको सभाहलमा ६५ विज्ञहरु र दर्जनौ स्थानीयको उपस्थितिमा सम्पन्न सम्मेलनमा नेपाल र अमेरिकाका १७ राज्य बाट २४ जना विज्ञहरु द्वारा विषयगत प्रस्तुती करण र सवाल जवाफ भएको थियो।
नेपालको समावेसी बिकासमा मानवीय स्रोत बिकासलाई कसरी संस्थागत गर्ने केन्द्रीय विषय रहेको सम्मेलनको संयोजन युएसए नपीआरसीका सदस्य तथा हाबर्ड बिश्वबिद्यालयका बैज्ञानिक दीनबन्धुभट्टले गर्नु भएको थियो।
सम्मेलनमा बिज्ञहरु डा. सुरेन्द्रराज देवकोट, डा. आमोद पोख्रेल्, डा. आलोक देवकोटा, डा. यादव पन्डित्, डा. सुमन पराजुली, अमेरिकि सरकार डिपार्टमेन्ट अफ कमर्सका डा. अमिता भदास , डा. तिलक भन्डारी, डा. कूलकाप्री, डा. शेखर रेग्मी, शिखर भट्टराई, रामचन्द्र पोखरेल, बंसलाल तामाङ , डा. बिष्णु घिमिरे, डा. अनोवा गुरुङ , को विद दाहाल , अजित बराल, राज सराफ, मुकेश बराल, नरेन्द्र जोशी, डा. पंकज बराल, डा. लक्ष्मी विलाश आचार्य, डा. प्रकाश श्रेष्ठ, डा. शिवहरी दाहाल , ए डा. थापा, डा. रुद्र अर्यालले बिभिन्न विषयमा प्रस्तुती करण र प्रस्नोत्तर गर्नुभएको थियो।
नेपालको लागि र अमेरिका रहेका नेपालीका लागी संबन्धित सरकार र सरोकारवाला निकायहरु लाई बिभिन्न नितिगत विषयमा नेपाली बिज्ञहरुबाट सामुहिक र संथा गत सहयोग र सुझाव दिने उद्देष्य रहेको यस संस्थाको तेस्रो सम्मेलन पांच वटा सत्रमा बिभाजित रहेको थियो।
संस्थागत संरचना र स्थानीय सरकार हरु विषयक सत्रको सभापतित्व र संचालन डा. राजन पन्त, कृषि, प्रत्यक्षा बैदेशिक लगानी र आर्थिक बिकास बिषयक सत्रको सभापतित्व र संचालन डा. अर्जुन बन्जाडे,बिदेशमा रहेका नेपाली र सुचना प्रविधी बिषयक सत्रको सभापतित्व र संचालन डा देश राज संयोक, स्वास्थ्य र बिकास बिषयक सत्रको सभापतित्व र संचालन जगदम्वा अधिकारी , र युएसएनपीआरसी संस्था द्वार हाल संचालीत र भावी परियोजना सत्रको सभापतित्व र संचालन तरुण पौडेलले गर्नुभएको थियो।
सम्मेलन मा युएस नेपाल पोलिसीरि सर्चसेन्टरका अध्यक्ष डा. आमोद पोखरेलले स्वागत तथा भावी योजना मन्तब्य, कार्यकारी सचिव डा. अर्जुन बन्जाडेले संस्थाका गतिबिधीका बारेमा र दीन बन्धु भट्टले धन्यवाद मन्तब्य राख्नु भएको थियो।युएस नेपाल पोलिसी रिसर्च सेन्टरको बोर्ड बैठक बसी केहि संस्थागत विषयमा निर्णय गर्दै आगामी वर्ष चौथो सम्मेलन २०१९ को मे अन्तिम साता सानफ्रान्सिस्को मा आयोजना गर्ने र सन २०१९ को सुरुतिर काठमाण्डौमा नेपालमा नयाँ संथागत संरचना अवसर कि संकट विषयमा अन्तराष्ट्रीय सेमिनार आयोजन गर्ने निर्णय गरेको छ।