Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

पत्रकार दीपक परियार अमेरिकामा सम्मानित

पत्रकार दीपक परियार अमेरिकामा सम्मानित

नेप्लिज डायस्पोरा

८, भाद्र २०७७
images
पत्रकार दीपक परियार अमेरिकामा सम्मानित

 

पत्रकार दीपक परियार अमेरिकामा ब्रुकलिन साइटेसनबाट सम्मानित भएका छन् । उनलाई ब्रुकलिन सिटीका सभामुख एरिक एडम्सले साईटेसनद्वारा सम्मान गरेका हुन् ।


पत्रकारिता मार्फत समाजलाई दुई दशक लामो योगदान दिए बापत उनलाई सम्मान गरिएको हो । साहित्य, पत्रकारिता, सामाजिक र सांस्कृतिक विभिन्न क्षेत्रमा काम गर्ने व्यक्तिहरुलाई सो अवार्डबाट सम्मान गर्ने गरिन्छ ।


सभामुख एरिक एडम्सले साइटेसनमा भनेका छन्, ‘दक्षिण एसियाली समुदायमा सम्मानित बहुआयामीक पत्रकार परियारलाई म, सबै ब्रुकलनिटहरुको तर्फबाट अभिवादन गर्छु । सर्वसाधरणको आवश्यकता राम्ररी बुझ्नका लागि स्वतन्त्र रुपमा र विभिन्न विषयको अनुसन्धान मार्फत समाज आधारित अनुसन्धान गर्ने उनको अनुभवको उच्च मुल्याङ्कन गर्दछु । ’


खसोखासका प्रधान सम्पादक किशोर पन्थीले उनको सम्मानले आफूलाई समेत गौरवान्भित बनाएको बताए । परियार खसोखासका सम्पादक समेत हुन् । स्थापनाकाल देखि जागरण मिडिया सेन्टरको नेतृत्वमा रहेका उनी हाल सेन्टरका सल्लाहकार हुन् । उनी अन्य विभिन्न संघसंस्थामा समेत संलग्न छन् । अमेरिकामा पनि उनी नेपाली सहित दक्षिण एसियाली समुदायमा सक्रिय छन् ।


परियारले पाएको सम्मानले पत्रकारिता मार्फत सामाजिक अभियानमा थप सफलता मिलेको सामाजिक अभियन्ता नवराज केसीले बताए ।
अमेरिकामै रहेका लेखक एवं पत्रकार राजन थपलिया भन्छन्, ‘उनको सम्मानले नेपाली समुदायलाई थप हौसला प्रदान गरेको छ ।’

images
प्रकाशित मिति :भाद्र ८, २०७७ सोमवार - २३:२५:५३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend