Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

कोरोनाबाट लम्जुङ्गका सुर्य अमेरिकामा अस्ताए

कोरोनाबाट लम्जुङ्गका सुर्य अमेरिकामा अस्ताए

नेप्लिज डायस्पोरा

१८, बैशाख २०७८
images
कोरोनाबाट लम्जुङ्गका सुर्य अमेरिकामा अस्ताए

 


गणेश थापा,
क्यालिफोर्निया,
३० अप्रिल २०२१।


(यो समाचार ईनेप्लिज डटकमबाट साभार गरिएको हो। -सम्पादक)


कोरोना भाइरसको संक्रमणबाट संयुक्त राज्य अमेरिकामा थप एक जना नेपालीको ज्यान गएको छ । अमेरिकाको क्यालिफोर्निया राज्यको नरवाक सिटीमा बस्दै आएका ४७ वर्षिय सुर्य बहादुर भण्डारीको कोरोना भाइरसको सक्रमणका कारण मृत्यु भएको हो ।

नेपालस्थित लमजुङ जिल्लाको मर्स्यागंदी गाँउपालिका-९ स्थायी घर भएका भण्डारीको स्थानीय समयअनुसार विहीबार अपरान्ह मृत्यु भएको क्यालिफोर्नियामै बस्ने निजका भाई सुवाष भण्डारीले जानकारी दिएका छन् ।

प्राप्त जानकारी अनुसार करीव १२ वर्षदेखि परिवारसहित अमेरिकामा बस्दैआएका निज भण्डारीका श्रीमती, एक छोरा र एक छोरी छन् । दश दिनअघि रेस्पिरेशन सिस्टममा केही गडबढी आएपछि स्थानीय एक अस्पताल पुगेका भण्डारीको स्वास्थ्य परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

अस्पतालले कोभिड-१९ पोजेटिभ रिपोर्ट दिएपश्चात होम आइसोलेशनमा बस्ने भन्दै घर फर्किएका उनको हिजो वेलुका आफ्नै निवासमा निधन भएको कुरा निजका भाई सुवाष भण्डारीले बताए ।
मृतकको शव अहिले अस्पतालमा रहेको र आवश्यक प्रकृया पुरा गरी अन्तिम संस्कार सम्पन्न गरिने बताइएको छ ।

यससंगै कोरोना भाइरसको सक्रमणबाट अमेरिकामा मृत्यु हुने नेपालीको संख्या २० पुगेको छ । प्रवासमा रहेका नेपालीहरू मध्ये संक्रमितको संख्या अमेरिकामा सवैभन्दा धेरै रहेको छ । यहॉ अहिलेपनि संक्रमित नेपालीहरूको संख्या झण्डै एक हजारको हाराहारीमा रहेको बताइएको छ ।

यसबीचमा लामो समय झापास्थित भुटानी शरणार्थी शिविर बेलडॉगीमा बसेर अमेरिका आएका केही भुटानी शरणार्थीहरूको समेत कोरोना संक्रमणबाट मृत्यु भएको छ भने थुप्रै भुटानी शरणार्थीहरू संक्रमित भएका छन् ।

कोरोना भाइरसको संक्रमणका कारण हालसम्म अमेरिकामा मृत्यु हुनेको संख्या झण्डै ६ लाखको हाराहारीमा पुगेको छ भने संक्रमित संख्या सवा ३ करोड नाघेको छ । तर, गत जनवरीमा जो बाइडेनले राष्ट्रपतिको जिम्मेवारी सम्हालेयता भने अमेरिकामा कोरोना भाइरसको संक्रमण तथा मृत्युदरमा निकै कमी आइरहेको छ ।

कोभिड-१९ सम्बन्धी अफिसियल तथ्यांक अपडेट गर्दैआइरहेको न्युजब्रेकका अनुसार कोरोना भाइरसको संक्रमणका कारण अमेरिकामा हिजो करीव सात सय मानिसको ज्यान गएको थियो भने पछिल्लो समय संक्रमितको संख्या समेत घटेर दैनिक ५० हजार तलको हाराहारीमा झरेको छ ।

यता कोभिड-१९ को महामारीबाट प्रभावित २४ करोड बढी अमेरिकाबासीलाई सरकारले कोरोना भाइरसविरूद्धको खोप वितरण गरिसकेको छ । हाल अमेरिकाको जनसंख्या ३३ करोड माथि रहेको छ । विश्वकै सवैभन्दा बढी कोरोना संकट झेलिरहेको अमेरिकाले आफ्ना देशबासीलाई हजारौं डलर बराबरको आर्थिक सहयोग स्वरूप राहत रकम समेत वितरण गरिसकेको छ ।

यसैबीच कोरोना महामारीकै बीच विश्वभरीबाट आवेदन लिएको डिभी लोटरीको नतिजा यही मे महिनामा सार्वजनिक हुनेभएको छ । उता कोभिड-१९ को पूर्ण रूपमा नियन्त्रणका लागि लामो समय लाग्नसक्ने स्वास्थ्य क्षेत्रका विज्ञहरूले बताउदै आएका छन् ।

 

images
प्रकाशित मिति :बैशाख १८, २०७८ शनिवार - ०५:२६:१५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend