राष्ट्रिय आविष्कार केन्द्रका संचालक डाक्टर महावीर पुन बाल्टिमोरमा आउने भएका छन। उनको सम्मानमा मेरिल्याण्डका बिभिन्न संस्थाहरुले 'मिट एण्ड ग्रिट' कार्यक्रमको आयोजना गर्ने भएका छन्।
कार्यक्रमको आयोजकमा बाना, एनआरएनए अमेरिका मेरिल्याण्ड च्याप्टर, साथी बाल्टिमोर, म्याग्दी समाज अमेरिका र मगर संघ (डिएमभी क्षेत्र) लगायतका संस्थाहरु रहेका छन्।
नयाँ नयाँ आविष्कारका माध्यमबाट मात्र देशको विकास र समृद्धि सम्भव छ भन्दै महावीर पुनले नेपालमा राष्ट्रिय आविष्कार केन्द्रको स्थापना र संचालन गर्दै आईरहेका छन्। पुनले संचालन गरेको आविष्कार केन्द्रमा केहि युवा बैज्ञानिकहरु काम गरिरहेका छन्। उनको यो केन्द्रलाई बाहिर बस्ने नेपालीहरुले आर्थिक सहयोग गरिरहेका छन।
"अमेरिकाको भ्रमणमा रहेका पुनलाई बिभिन्न राज्यहरुबाट सहयोग जुटिरहेको छ। यहि क्रममा मेरिल्याण्डबाट पनि उठाउन खोजिएको हो।" साथि बाल्टिमोरका रमेश भट्ट 'नेपाली छोरो'ले नेप्लिज डायस्पोरासंगको कुराकानीमा बताउनु भयो।
नेप्लिज डायस्पोरा यो कार्यक्रमको मिडिया पार्टनर हो | मेरिल्याण्डमा उहाँको कार्यक्रम झन्डै दुई घण्टा मात्र हुनेछ। महावीरको अन्य राज्यमा पनि कार्यक्रम भएकोले मेरिल्यान्डको कार्यक्रम केहि घण्टा मात्र हुने आयोजकहरुले बताएका छन।
"मेरिल्याण्डका सबै संस्थाको सहभागितामा यो कार्यक्रम गर्न गईरहेका छौं। सबै मिलेर सहयोग गरौँ। मेरिल्याण्डमा ऐतिहासिक कार्यक्रम सम्पन्न गरौँ।" म्याग्दी समाजका अध्यक्ष ईन्द्रबहादुर थापाले नेप्लिज डायस्पोरासंगको भेटमा भन्नुभयो।
महावीर पुन अहिले अमेरिकाको भ्रमणमा हुनुहुन्छ। उहाँ अमेरिकामा अध्ययन गर्दाखेरीका एक जना प्राध्यापकको निधन भएपछी अमेरिका आउनु भएको हो। यसरी अमेरिका आउनु भएका पुनलाई आविष्कार केन्द्रका सल्लाहकार सन्तोष सापकोटाले बिभिन्न राज्यहरुमा कार्यक्रमको संयोजन गरेर आर्थिक सहयोग जुटाउने मेसो मिलाउनु भएको हो।
सन्तोष सापकोटाले अहिलेसम्म यो पटक उठेको रकम कोभिड बिरुद्ध लड्न उपयोग गरिने बताईएको छ। आविष्कार केन्द्रको यो लडाईमा अमेरिका बाट ६ करोड भन्दा बढीको आर्थिक र भौतिक सहयोग जम्मा गरिसकेको सापकोटाले जानकारी दिनु भयो। अहिले पनि रकम उठीरहेको सापकोटाले बताउनु भयो।
कुल १० करोड बराबरको सहयोग उठ्ने विश्वास सन्तोष सापकोटाले भन्नुभयो। झन्डै ४५ वटा कार्यक्रम अमेरिका आयोजना भएको र आधा जति सम्पन्न भईसकेको पनि सापकोटाले बताउनु भयो।
मिति: 27 june ,sunday 2021
समय: 2.30 PM to 5.00PM
स्थान: पुरानो पारकर्स /पोर्ट साईड नर्थ
Poriside North
11131 Pulaski Highway ,White Marsh MD 21162