Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

किशोर पन्थीको 'कम्पन' को पहिलो संस्करण सकियो, दोश्रो संस्करण अक्टोबरमा

किशोर पन्थीको 'कम्पन' को पहिलो संस्करण सकियो, दोश्रो संस्करण अक्टोबरमा

सतीश चापागाईं

१६, भाद्र २०७५
images
      पत्रकार किशोर पन्थीले लेख्नु भएको पुस्तक 'कम्पन'को पहिलो संस्करण सबै बिक्रि भएपछि दोस्रो संस्करण पनि प्रकाशन हुने भएको छ । दोश्रो संस्करण आगामी अक्टोबरमा प्रकाशित हुने भएको लेखक पन्थीले नेप्लिज डायस्पोरालाई बताएका छन् । पहिलो संस्करण गत अप्रिलमा प्रकाशित भएको थियो । पहिलो संस्करण प्रकाशित भएको ६ महिनाभित्रै दोश्रो संस्करण प्रकाशित हुन लागेको हो ।       कम्पनको पहिलो संस्करणको लोकार्पण गत अप्रिल २२ मा काठमाडौंमा दुईजना पूर्व प्रधानमन्त्रीहरु डाक्टर बाबुराम भट्टराई र माधवकुमार नेपालले गरेका थिए । त्यसपछि मे १२ मा न्युयोर्कमा विश्वब्यापी लोकार्पण र पुस्तक हस्ताक्षर गरिएको थियो ।         न्युयोर्कपछि बेलायत र युरोपका विभिन्न देशहरुमा पुस्तक हस्ताक्षर कार्यक्रम सम्पन्न भइसकेका छन् । अहिलेसम्म ८ लाख रुपैयाको कम्पन बिक्री भइसकेको छ ।       दोश्रो संस्करण फरक कभरमा प्रकाशित हुनेछ भने पहिलो संस्करणपछि प्रकाशित समीक्षाका अंशहरुपनि दोश्रो संस्करणमा प्रकाशित हुनेछन् । साथै दोश्रो संस्करणमा उपलब्ध पात्रहरुको तस्वीर र फुटनोटहरु पनि राखिनेछ भने केही इन्डेक्सहरु पनि थपिनेछ । तर पुस्तकको मुलभागमा भने परिवर्तन गरिनेछैन ।       दोश्रो संस्करण प्रकाशन भएपछि नेपालका विभिन्न भागमा अन्तरकृया र पुस्तक हस्ताक्षर कार्यक्रम गरिने भएको छ । साथै अमेरिकाका विभिन्न राज्यमा पनि अन्तरकृया र पुस्तक हस्ताक्षर गरिनेछ ।       हाल पुस्तक कम्पन अमेरिकामा फेसबुक शपमा र नेपालमा विभिन्न पुस्तक पसलहरुमा उपलब्ध छ । साथै नेपालका जुनसुकै स्थानमा किताबयात्रा मार्फत होम डेलिभरीको समेत व्यवस्था छ । अमेरिका, बेलायत, पोर्चुगल, जर्मनी, फ्रान्स, इटली लगायतका स्थानमा अमेजनबाट पनि पुस्तक उपलब्ध छ ।  

images
प्रकाशित मिति :भाद्र १६, २०७५ शनिवार - १५:४४:०९ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend