Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

एनआरएनए अमेरिकाका उपाध्यक्ष बिकाश उप्रेतीलाई पितृ शोक

एनआरएनए अमेरिकाका उपाध्यक्ष बिकाश उप्रेतीलाई पितृ शोक

नेप्लिज डायस्पोरा

१८, पौष २०७८
images
एनआरएनए अमेरिकाका उपाध्यक्ष बिकाश उप्रेतीलाई पितृ शोक

 

एनआरएनए अमेरिकाका उपाध्यक्ष बिकाश उप्रेतीलाई पितृ शोक परेको छ।

बिकाशका बुवा देवी प्रसाद उप्रेतीको जनवरी २ तारिखको बिहान १२:५० बजे असामयिक निधन भएको जानकारी प्राप्त भएको छ। उहाँ ७० बर्षको हुनुहुन्थ्यो।

"केहि हप्तादेखि अस्पतालमा हुनुहुन्थ्यो। २ तारिख बिहान उहाँको निधन भएको छ।" एनआरएनए अमेरिकाको टेक्सास च्याप्टरका अध्यक्ष सोफिन थापाले नेप्लिज डायस्पोरासंग भन्नुभयो।

स्वास्थ्यमा समस्या आएपछी देवी प्रसादलाई अस्पताल लगिएको थियो। र अस्पताल मै उहाँको निधन भएको हो।

अहिले अस्पतालमा कागजी प्रक्रिया भईरहेको र त्यसपछि स्वर्गीय देवी प्रसादको अन्तिम संस्कारको प्रक्रिया अगाडी बढाउने बारे कुरा भैरहेको पनि अध्यक्ष सोफिन थापाले जानकारी दिनु भयो। "दाह संस्कारको काम सायद भोलि हुन्छ होला !" उहाँले भन्नुभयो।

"हामी अत्यन्त दुखी भएका छौं। स्वर्गीय आत्माको चीर शान्तिको कामना गर्दै उपाध्यक्ष बिकाश उप्रेतीसंगै शोकमा डुबेको उप्रेती परिवारमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछौं।" अध्यक्ष थापाले नेप्लिज डायस्पोरासंगको कुराकानीमा भन्नुभयो।

नेपालमा झापा घर भएका देवीप्रसाद तीन बर्षदेखि अमेरिका मै बसोबास गर्नु भएको थियो। "उहाँ श्रीमती र दुई छोराहरु विकास र बिज्वेसंगै अमेरिकाको टेक्सास राज्यको डालास काउन्टीको कोपेलमा बस्नुहुन्थ्यो।" उप्रेती परिवारसंग नजिक रहेका युवा ब्यबसायी तथा सामाजिक अभियन्ता ओजेश उप्रेतीले जानकारी दिनुभयो।

नेप्लिज डायस्पोरा परिवार पनि स्वर्गीय आत्माको चीर शान्तिको कामना गर्दै उपाध्यक्ष बिकाश उप्रेतीसंगै शोकमा डुबेको उप्रेती परिवारमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछौं।

images
प्रकाशित मिति :पौष १८, २०७८ आइतवार - २१:३२:२६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend