नेपाली जनसम्पर्क समिति, अमेरिका मेरिल्याण्ड च्याप्टरले आगामी आईतवार (जुलाई ३१,२०२२) समर पिकनिक आयोजना गर्ने सभापति राजेन्द्र सेन्चुरीले जानकारी दिएका छन ।
"आपसी भेटघाट/परिचय, भाईचारा र आत्मीयता अभिवृद्धि र एकापसमा रमाईलो साटासाट गर्ने उद्देश्यसहित आयोजना गर्न लागिएको यस बृहत् वनभोज कार्यक्रममा साथीभाई र सपरिवार सहभागी भई हाम्रो उद्देश्यलाई सफल बनाईदिनु हुन हामी यसै सूचनाद्वारा सबै सदस्य र शुभेच्छुकलाई हार्दिक अनुरोध गर्दछौं ।"
सेन्चुरीले सबैलाई निमन्त्रणा समेत गरेका छन ।
कार्यक्रम
मितिः जुलाई ३१,२०२२ आईतवार
समयः दिनको १२ः०० बजेदेखि ६:३० बजेसम्म
स्थानः7200 Graces Quarters Rd,
Middle River, MD 21220