मगरहरुको राष्ट्रिय पर्व " माघे सकराती पर्व २०२३ " को अबसरमा मगर संघ अमेरिका मातहतका विभिन्न राज्यमा "माघे सकराती पर्व २०२३" भब्य रुपमा सम्पन्न गर्न अन्तिम तयारी पूरा भएको छ ।
जनवरी १०, २०२३ को दिन मगर संघ अमेरिका केन्द्रीय समितिले "माघे सकराती पर्ब २०२३" को अन्तिम तयारी बारे ढाकिएको भर्चुअल बैठकमा च्याप्टर कमिटीका अध्यक्षहरुले आ-आफ्नो तयारी बारे केन्द्रीय समितिलाई जानकारी गराएका थिए ।
बिं सं २०६५ सालमा नेपाल सरकारले माघे सकरातीलाई मगरहरुको राष्ट्रिय पर्व घोषणा गरे संगै अमेरिकाका मगरहरुले पनि माघे सकराती पर्बलाई भब्य रुपमा मनाउदै आएका छन ।
गतसाल कोडिभ १९ को कारण सबै राज्यमा अन्तिम तयारी गर्दागर्दै स्थगित गर्नु परेको थियो । यस्पाली सबै च्याप्टरहरुले एकदम उत्साह पुर्बक अन्तिम तयारी गरेका जानकारी गराए ।
मगर संघ अमेरिका केन्द्रीय समितिका अध्यक्ष कुलदिप राना मगरले मगर र माघे सकरातीको महत्त्व बारेमा स्मरण गराउदै च्याप्टर कमिटीहरुले गरेको तयारीले एकदम उत्साहित भएको भन्दै सबैलाई धन्यवाद दिए र केन्द्रीय कार्यसमितिका पदाधिकारीहरुलाई आ आफ्नो पायक पर्ने क्षेत्रमा च्याप्टर कार्यसमितिलाई हौसला दिन र सहभागिता जनाउन निर्देशन दिए ।
अमेरिकाको टेक्सासमा जनवरी १४, बाल्टिमोरमा जनवरी १४, न्युजर्शीमा जनवरी १५, कोलोराडोमा जनवरी १५, सिकागोमा जनवरी १५ र न्युयोर्कमा जनवरी २२ को दिन माघे सकराती २०२३ ख्यातिप्राप्त कलाकारहरुको साथमा मगर मौलिक कला संस्कार संस्कृति सहित भब्य रुपमा मनाइदैछ ।
कार्यक्रमको बारेमा मगर सघं अमेरीकाको केन्द्रीय सदस्य टेक बहादुर थापा मगरले जनकारी दिनु भएको थियो।