समाजसेवी कुल प्रसाद गुरुङले एनआरएनए अमेरिकाको मेरिल्याण्ड च्याप्टरको अध्यक्षमा उमेद्वारी दिने घोषणा गरेका छन् ।
उनले आफ्नो फेसबुक वालमा लेखेर उमेद्वार बन्ने घोषणा गरेका हुन् । मेरिल्याण्डका विभिन्न सामाजिक संस्थाको नेतृत्व गरिसकेका गुरुङ च्याप्टरमा अहिले सल्लाहकार छन् ।
गुरुङ मेरिल्याण्ड च्याप्टरमा मेम्बरसीप ड्राईभका बेला पनि अति नै सक्रिय रहेको बताईन्छ ।
कुल प्रसाद गुरुङले उमेद्वारी घोषणा गर्दै यस्तो लेखेका छन् :
नमस्ते,
मेरिल्याण्डबासी सम्पूर्ण आमाबुबा, दिदीवहिनी र दाजुभाईहरुमा,
म कुल प्रसाद गुरुङ विगत लामो समय देखी मेरिल्याण्ड राज्यको बल्टिमोरमा कर्मथलो बनाएर तपाईहरुसंगै हरेक सुख,दु:खमा एक भएर हिडेको छु । विभिन्न समयमा विभिन्न संघसंस्थामा बसेर सामाजिक काम गरेको छु । तपाईहरुको साथ र सहयोगले विभिन्न संस्थाहरुको नेतृत्व तहमा बसेर काम पनि गरिसकेको छु । यसपटक मलाई तपाईहरु धेरैजनाले एन.आर.एन.ए.अमेरिकाको मेरिल्याण्ड च्याप्टरको अध्यक्ष बन्नको लागि प्रेरित गरिरहनु भएको छ । तपाईहरु सबैको सुझाबलाई मनन गर्दै आगामी दुई बर्षको समय मैले यो संस्थालाई दिने निर्णयमा पुगेको छु । एनआरएनए अमेरिका मेरिल्याण्ड च्याप्टरमा बर्ष २०२३-२०२५ कार्यकालका लागि अध्यक्ष पदमा उमेदवारी दिने घोषणा गर्दछु ।
एनआरएनएको उद्देश्य, मूल्य र मान्यतालाई समुदायसम्म र समुदायको आवाज र आवश्यकतालाई एनआरएनएसम्म पुर्याउन म पुल बन्न सक्छु भन्ने मेरो ठहर छ। अब मलाई तपाईहरुको साथ, सर सल्लाह र सहयोगको खांचो छ । मलाई विश्वास छ मैले तपाईहरू सबै जनाको साथ,सहयोग पाउने नै छु ।
धन्यबाद ।
तपाईहरुको सुख दु:खको साथी
कुल प्रसाद गुरुङ