Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

पाल्पाली संगम अमेरिकाको अधिवेशन खिलराज रेग्मीद्वारा उद्घाटन, महेश भट्टराईको नेतृत्वमा नयां समिती

पाल्पाली संगम अमेरिकाको अधिवेशन खिलराज रेग्मीद्वारा उद्घाटन, महेश भट्टराईको नेतृत्वमा नयां समिती

नेप्लिज डायस्पोरा

११, आषाढ २०८०
images
पाल्पाली संगम अमेरिकाको अधिवेशन खिलराज रेग्मीद्वारा उद्घाटन, महेश भट्टराईको नेतृत्वमा नयां समिती

पाल्पाली संगम अमेरिकाको पहिलो अधिवेशन सम्पन्न भएको छ । मन्त्रि परिषदका पूर्व अध्यक्ष तथा पूर्व प्रधानन्यायाधिश खिलराज रेग्मीले उदघाटन गर्नुभएको अधिवेशनले महेश भट्टराईको अध्यक्षतामा नयां कार्य समिति चयन गर्दै सम्पन्न भएको हो ।

नव निर्वाचित कार्यसमितिमा उपाध्यक्ष परशु नेपाल, महासचिव केशव तिमिल्सिना, सचिव शुशील पंगेनी र कोषाध्यक्ष जितेन्द्र बिक्रम राणा रहेका छन् ।

2C925DD2-7204-4E5B-8583-D9FD12C9CFE9.jpeg
तस्वीर: जितेन्द्र राणा


त्यस्तै
सदस्यहरुमा ई. शंकर कार्की, डा. विनय खनाल, सुन्दर घिमिरे, अर्जुन पौडेल, दिनेश शाक्य, बाबुराम देवकोटा रहेका छन् । समितिको एजुकेशनल डाईरेक्टरमा डा. धर्म आचार्य, हेल्थ डाईरेक्टरमा डा. सन्दिप पाण्डे र आईटि डाईरेक्टरमा मधु नेपाल रहेका छन् ।

महेन्द्र पाण्डे, डिबि सागर विश्वकर्मा र नेत्र पाण्डेको निर्वाचन समिति रहेको थियो ।

F706CCEA-FEE4-49D5-A5B0-B45D28BAD8D7.jpeg
तस्वीर: जितेन्द्र राणा

उद्घाटन कार्यक्रममा प्रमुख अतिथी रेग्मीले संसारमा जहां पुगेपनि आफ्नो जन्मभूमीप्रति माया देखाईरहनु सबैभन्दा ठुलोकुरा हो भन्ने विचार व्यक्त गरे ।

पाल्पा क्षेत्र नम्बर २ का सांसद ठाकुर गैरेले राष्ट्रियताको बिषय कमजोर बनेको बर्तमान परिस्थितीमा पाल्पाली संगमजस्तै संस्थाहरुको आवश्यकता रहेको बताए ।

कार्यक्रममा भूमीसुधार तथा गरीबि निबारण मन्त्रालयका सचिव दामोदर रेग्मीले र नेपाली कांग्रेस पाल्पाका सभापती हिमालदत्त श्रेष्ठ पनि शुभकामना व्यक्त गर्नुभएको थियो ।

C3F1FB59-315F-4E80-B85D-BA74AC48813B.jpeg
तस्वीर: जितेन्द्र राणा

पाल्पाली संगमका अध्यक्ष बिष्णु बहादुर खत्री, पूर्व अध्यक्ष पदम न्यौपाने र अन्तराष्ट्रिय संयोजक सतीश चापागाई रबेलायतका संयोजक बाचस्पती रेग्मी लगायतका व्यक्तित्वहरुले संगमको आवश्यकता, बर्तमान गतिबिधी र भावी योजनाका बारेमाअधिवेशन उद्घाटनका क्रममा बोल्नु भएको थियो ।

सचिव मधु नेपालले संचालन गरेको कार्यक्रममा यो दुई बर्षमा गरिएका कामहरुको प्रतिवेदन पनि प्रस्तुत गरिएको थियो ।

images
प्रकाशित मिति :आषाढ ११, २०८० सोमवार - १८:२२:२२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend