Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

साउनमा मात्र १ खर्ब १६ अर्ब रेमिट्यान्स भित्रियो

साउनमा मात्र १ खर्ब १६ अर्ब रेमिट्यान्स भित्रियो

नेप्लिज डायस्पोरा

३१, भाद्र २०८०
images
साउनमा मात्र १ खर्ब १६ अर्ब रेमिट्यान्स भित्रियो

नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको वित्तीय रिपोर्ट अनुसार साउनमा मात्र १ खर्ब १६ अर्ब २ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । यो गत वर्षको तुलनामा २५.८ प्रतिशतले बढेको हो ।

अघिल्लो वर्षको साउन मसान्तमा अवधिमा विप्रेषण आप्रवाह २०.३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २१.५ प्रतिशतले वृद्धि भई ८७ करोड ९८ लाख पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १२.५ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या १२.१ प्रतिशतले कमी आई ३९,१५२ कायम भएको केन्द्रीय बैंकले जनाएको छ । 

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १९.५ प्रतिशतले कमी आई १६,४२३ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७५.४ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर २६.१ प्रतिशतले वृद्धि भई रु.१२८ अर्ब २१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १८.४ प्रतिशतले बढेको थियो ।

images
प्रकाशित मिति :भाद्र ३१, २०८० आइतवार - १८:०४:५९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend