Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

शिक्षकहरूको आन्दोलन, देशभरका ७० लाख भन्दा बढी विद्यार्थीहरूको पढाई बन्द हुने

शिक्षकहरूको आन्दोलन, देशभरका ७० लाख भन्दा बढी विद्यार्थीहरूको पढाई बन्द हुने

नेप्लिज डायस्पोरा

४, आश्विन २०८०
images
शिक्षकहरूको आन्दोलन, देशभरका ७० लाख भन्दा बढी विद्यार्थीहरूको पढाई बन्द हुने

शिक्षकहरूको आन्दोलनका कारण देशभरका ७० लाख भन्दा बढी विद्यार्थीहरूको पठनपाठन बन्द हुने भएको छ।

आफना माग पुरा गराउनका लागि शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुन आए पछि देशैभरीका सामुदायिक बिद्यालय बन्द हुन लागेको हो ।

आफना मागहरु सम्बोधनको सुनिश्चितता नभएसम्म आन्दोलन जारी रहने नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।

‘बुधबार देखी देशैभरीका शिक्षकहरु आन्दोलनमा छौं, बिहिबार देखी अनिश्चितकालिन बिद्यालय बन्द हुदैँछ,’ उनले भने, ‘तर, आन्दोलनको क्रममा जति दिन बिद्यालय बन्द हुन्छ, त्यति दिन बिदाको दिन पढाउने काम गरेर क्षतिपुर्ति मिलाउँछौं ।’ उनका अनुसार सरकार आफना मागहरु प्रति गम्भिर नभए पछि बाध्य भएर सडकमा आउनु परेको हो ।

images
प्रकाशित मिति :आश्विन ४, २०८० बिहिवार - ०६:२१:१९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend