सरकार र शिक्षक महासंघबीचको वार्ता निष्कर्षविहीन भएको छ । सिंहदरबारस्थित गृह मन्त्रालय भएको सरकार र महासंघबीचको वार्ता निष्कर्षविहीन भएको हो ।जसका कारण सहमति नभएसम्म आफूहरुको आन्दोलन जारी रहने शिक्षक महासंघले बताएको छ ।
दुई पक्षबीचको वार्तामा बुँदागत रुपमा छलफल भएको भन्दै कानुनमन्त्री धनरज गुरुङले सकारात्मक छलफल भएको बताए । उनले शिक्षकहरुका मागको बारेमा भोलि शुक्रबार बिहान फेरि बैठक बसेर सहमित जुटाएर सहजरुपमा सामुदायिक विद्यालयमा पठनपाठनको व्यवस्था मिलाइने बताए ।
यस्तै नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष विष्णु प्रसाद भण्डारीले आजको बैठकमा सामान्य छलफलमात्रै भएको बताए । औपचारिक वार्ता गर्न समितिका लागि पत्र लेखिँदैछ । आजको लागि माहोल तयार मात्रै भएको हो । पत्र आएपछि औपचारिक वार्ता हुने उनले बताए ।