नेपालका धार्मिक तीर्थस्थलमा दर्शनको लागि एकैपटक ७२३ भारतीय धार्मिक पर्यटकहरु नेपाल आएका हुन् । उनीहरु लुम्बिनीमा जानकी मन्दिरको दर्शनी पछि असोज ९ गते मंगलवार काठमाडौँ आएका हुन् ।
७२३ भारतीय धार्मिक पर्यटकहरुले पशुपति दर्शन तथा ललितपुरको पाटन दरबार स्क्वायर र भक्तपुर दरबार स्क्वायरको समेत अवलोकन गरेका छन् । भारतीय धार्मिक पर्यटकहरु नेपालका प्रसिद्ध धार्मिक स्थलको अवलोकन गर्ने छन् । भारतीय धार्मिक पर्यटकलाई भारतको धनश्याम ट्राभल मार्फत नेपालका प्रसिद्ध धार्मिक स्थलहरु लुम्बिनी,जनकपुरको जानकी मन्दिर,पशुपतिनाथ, काठमाडौँ उपत्यकाका विभिन्न स्थान, पोखरा, मनकामना हुँदै मुक्तिनाथसम्म जाने तयारी उनीहरुको रहेको छ ।
यसअघि सातसय बढी बङ्गलादेशी पर्यटकहरू चार्डड जहाजबाट नेपाल भ्रमणका लागि आएका थिए । त्यसपछिको सबैभन्दा बढी स्थल मार्गमार्फत भारतीय नागरिकको टोली नेपाल भ्रमणका लागि आएका हुन् ।