Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

तीज भोज कार्यक्रम सफल भएकोमा नेपाली ओमन हेल्पिङ्ग ह्याण्डद्वारा धन्यवाद ज्ञापन

तीज भोज कार्यक्रम सफल भएकोमा नेपाली ओमन हेल्पिङ्ग ह्याण्डद्वारा धन्यवाद ज्ञापन

सतीश चापागाईं

२०, भाद्र २०७५
images
चर्चित कलाकारसंग रमाइलो गरेर बाल्टिमोरमा तीज भोज सम्पन्न भएको छ । नेपालका राष्ट्रिय स्तरका दोहोरी कलाकारहरूको उपस्थितिमा अमेरिकाको बाल्टिमोरमा “माइती देशको सम्झना २०१८ “ नामको तिज कार्यक्रम सम्पन्न भएको हो । विदेशमा चेलीहरु जम्मा भएर तिज मनाएको हुँदा यो कार्यक्रमको नाम माईती देश को सम्झना राखिएको आयोजक पनि रहेकी बरिष्ठ लोक तथा दोहोरी गायिका सिर्जना बिरही थापाले बताईन । दोहोरी गीतका नेपालका राष्ट्रिय स्तरका कलाकारहरू सिर्जना विरही थापा मगर, राजन ठकुरी, मुना थापामगर, कुलेंद्र विक र अमृत रामदानले स्टेजमै लाइभ गएर लाइभ गाएर मध्ये रातीसम्म दिदी बहिनीहरूलाई नचाएका थिए । बाल्टिमोरमा बसोबास गर्ने नेपाली महिलाहरूको नयाँ समूह Womens’ Helping Hands , Baltimore को आयोजनामा भएको तिज कार्यक्रममा ३०० तिन सय जति दिदी, बहिनीहरू सहभागी थिए । दोहोरी गायक तथा संगीतकार राजन ठकुरीले कार्यक्रम सञ्चालन गरेका थिए। साथै, नेपाली ओमन हेल्पिङ्ग ह्याण्डले तीज भोज कार्यक्रम भब्य रुपमा सफल भएकोमा खुशी ब्यक्त गर्दै सफल बनाउने सबै पक्षलाइ धन्यवाद ब्यक्त गरेको छ । संस्थाकी एक सदस्य सबी थापाले संस्थाको तर्फबाट उक्त धन्यवाद ब्यक्त गर्नु भएको हो । उहाँले सार्बजनिक गर्नु भएको धन्यब्द बिज्ञप्ति यस प्रकार छ: नेपाली ओमन हेल्पिङ्ग ह्याण्डले आयोजना गरेको यस पालिको २०१८ को तिज भोज कार्यक्रम सकिएको छ. यस कार्यक्रममा भब्य रुपमा उपस्थित भएर यस तिज पर्वको भोज तथा नाचगानमा सक्रिय रुपमा भाग लिनुभई यस कार्यक्रमलाई सफल बनाउनु भएकोमा यहाहरु सबैलाई हार्दिक धन्यबाद ज्ञापन गर्दछौं. साझा बिचारकोलागि सहमत भएर संयुक्त रुमपा केहि गर्न सकिन्छकी भनेर बाल्टिमोर आसपासका नेपालि महिलाहरुले स्थापना गरेको यो नेपाली ओमन हेल्पिङ्ग ह्यान्ड सबै जात जातिका नेपालि महिलाहरुको साझा संस्था रहेको कुरा यहाहरुलाई जानकारी गराउन चाहन्छौं . हलको क्षमता र खानाको पूर्व व्यवस्थाको कारण हलमा आएर शुल्क तिरेर पनि प्रबेश पाउन नसक्नु भएकोमा हामि क्षमा प्रार्थी छौं. प्रवेश टिकट सकिएको जानकारी हामीले दुइ दिन पहिले हामीले फेशबुक मार्फत यहाहरुलाई जानकारी गरेका थियौं | कलाकारहरु, सिर्जना बिरही थापा मगर, राजना ठकुरी, मुना थापा मगर, कुलेंद्र बिक र अमृत रामदान हाम्रा लागि अति धन्यबादका पात्र हुनुहुन्छ. उहारुको कला प्रस्तुतिले दिएको भब्य मनोरन्जन प्रति हामि ऋणी छौ. यस कार्यक्रमलाई सफल र पुर्ण बनाउनमा यस कार्क्रमका प्रायोजकहरु प्रति हामि आभारी र ऋणी छौं. प्रायोजकहरु, प्रेम श्रेष्ठ, दुर्गा श्रेष्ठ, निलम कुमार थापा, अम्मर छन्त्याल, खमान छन्त्याल, कृष्ण केसी, किरिस घिमिरे, इन्द्र थापाक्षेत्री, रविलाल बिक, गोपाल बिक, प्रेम सिके, तेजिन्द्र छन्त्याल, ढाकाराम खनाल, पदम गुरुङ, कुल गुरुङ, राम भण्डारी, आनन्द गुरुङ, चक्र बुढाथोकी, तरुण पौडेल, बिष्णु राना, नबिन भुजेल, अम्मर मगर, दिनेश आचार्य, मोहन थापा लाइ हामि हार्दिक धन्यबाद ज्ञापन गर्न चाहन्छौं. पत्रकार बन्धुहरु, खेम भट्टचन सम्बादाता डिसि नेपाल, Enepalese का विश्वराज थापा, नेप्लिज डायस्पोरा सतिश चापागाईं र सानो संसार हाम्रो संसारका सिर्जन ताम्राकार लाइ हामि हार्दिक धन्यबाद ब्यक्त गर्दछौं. कलाकार र उद्घोषकको रुपमा हामीलाई सेवा पुर्याउनुहुने हाम्रालागि शुभचिन्तक तथा स्वयम् सेवक राजन ठकुरीलाइ हार्दिक धन्यबाद. अन्तमा यस नेपाली ओमन हेल्पिङ्ग ह्यान्डका आयोजक तथा स्वयम् सेवक कार्यकर्ताहरु कल्पना कार्की, गायिका तथा गितकार सिर्जना बिरही थापा, ज्ञानु बानिया, यमुना शर्मा, रीना बुढाथोकी, सुष्मा रिजाल, सबिता अधिकारि, संगीता भण्डारी, कुसुम भण्डारी, माधुरी चापागाईं, नीमा धमला, मञ्जु श्रेष्ठ, शोभा केसी छेत्री लगाएत अन्य स्वयम् सेवकहरु हार्दिक धन्यवादका पात्र हुनुहुन्छ. यहाहरुको निशुल्क, निस्वार्थ तथा भावानात्मक एकता तथा सेवा अत्यन्तै सराहनीय रहेको हामि महसु गरेकाछौं, नेपाली ओमन हेल्पिङ्ग ह्याण्डको तर्फबाट सबी थापा (सावित्री थापा)

images
प्रकाशित मिति :भाद्र २०, २०७५ बुधवार - २१:५८:१५ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend