भारतको नयाँ दिल्लीको जनपथमा बडादसैंँ फूलपाती शोभा यात्रा
भारतको नयाँ दिल्लिमा पहिलो पटक नेपालीहरूको महानचाड दसैंको फूलपाती शोभायात्रा निकालियो । इन्दिरा गान्धी नेसनल कल्चर एन्ड आर्ट सेन्टर मन्त्रालय(Ministry of Culture & Arts) बाट फूलपाती शोभायात्रा निकालेर जनपथको सडक वारी देखी पारी झन्डै दुई किलोमिटर सम्म घुमाएर फेरि सोही सेन्टरमा लगेर फूलपातीको डोली राखे पछि साँस्कृतिक कार्यक्रममा परिणत भएको थियो ।
भारतको कला तथा सँस्क्रिती मन्त्रालय अन्तरगतको नेसनल कल्चर एन्ड आर्ट सेन्टरका निर्देशक श्री निरज कुमार प्रमुख आतिथी रहेको उक्त भब्य कार्यक्रममा गोर्खा सहिद समितिका अध्यक्ष श्री ऐन्डरु गुरूंग र चीफ पेट्रोल पूर्व करनल श्री बी एन कुमार , दिल्ली कि जल परी (१९८२) नामले प्रसिद्ध तैराक श्रीमती एडना अधिकारी शर्मा, समाजसेवी तथा नेपाली साहित्य प्रति पनि आफ्नो योगदान दिदैं आउनु भएकी श्रीमती ललिता जोशी क्षेत्रीको हातबाट द्विप प्रज्वलन गरी कार्यक्रम आरम्भ भएको थियो ।
नौमती बाजा गुन्जयमान रहेको उक्त कार्यक्रममा नौजना कन्याहरूले कलस बोकी फुलपातीको डोली अघी अघी हिंडेका थिए भने पछी पछि नेपाली स्मुदायका बिभिन्न जात जातिले आ-आफ्ना सँस्कार र सँस्कृति झल्किने साँस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरेका थिए ।
भारत श्थित विभिन्न नेपालीहरूका सँघ सँस्थाहरू र भारत सरकारलको सयुक्त आयोजनामा प्रथम पटक भएको भएर पनि होला नयाँदिल्लीको जनपथ क्षेत्रका वासिन्दाहरू पनि ज्यादै खुसी देखिन्थे ।
विशिष्ट तथा सर्व साधारण गरी करिव हजारको सँख्यामा सहभागिता रहेको उक्त भव्य कार्यक्रममा आशा मेटिल्डा राईलाई समाजसेवामा र किरण रसाईलाई नेपाली गीत सङ्गीतमा अतुलनीय योगदान गरेबापत लाइफ टाइम एचिभमेन्ट अवार्ड द्वारा सम्मानित गरिएको थियो भने ललिता जोशी क्षेत्रीलाई नेपाली साहित्त्यमा अनवरत सेवा गरे बापत र एड्ना अधिकारीलाई स्विमिङ्गमा भारतलाई अन्तर्राष्टृय जगतमा चिनाए बापत सम्मानित गरिएको थियो ।
